Updates

को को परे एमालेका ८ उम्मेदवार (सूचीसहितमा)

साईन न्युज
102 views
को को परे  एमालेका ८ उम्मेदवार (सूचीसहितमा)
यी हुन् एमालेका ८ उम्मेदवार (सूचीसहित)

साईन न्युज

२३ पुष २०८२, बुधबार ललितपुर


काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार कांग्रेसले ८ सिटमा उम्मेदवारी दिनेगरी एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको छ ।

यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।


सन
Author:self

साईन न्युज

Published on January 7, 2026

More from

Related Posts