Updates

कोटेश्वर बहुमुखी क्याम्पसमा 'KMC Idol Season 2' सुरु

Shine news
919 views
कोटेश्वर बहुमुखी क्याम्पसमा 'KMC Idol Season 2' सुरु
कोटेश्वर बहुमुखी क्याम्पसका स्वरका धनी विद्यार्थीहरूको गला र कलालाई सम्मान गर्ने उद्देश्यका साथ 'KMC Idol Season 2' आयोजना हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोटेश्वर

काठमाडौँ | कोटेश्वर बहुमुखी क्याम्पसका स्वरका धनी विद्यार्थीहरूको गला र कलालाई सम्मान गर्ने उद्देश्यका साथ 'KMC Idol Season 2' आयोजना हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोटेश्वर बहुमुखी क्याम्पसको आयोजनामा हुन लागेको यस साङ्गीतिक प्रतियोगिताको पहिलो अडिसन भोलिदेखि सुरु हुँदैछ।

​"मन जित्छ उसले, सुमधुर गाउँछ जसले" भन्ने मूल नाराका साथ सुरु हुन लागेको यस प्रतियोगितामा क्याम्पसका मात्र ७० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने भएका छन्। कार्यक्रम संयोजक प्रदिप कार्कीका अनुसार, विद्यार्थीहरूमा लुकेको साङ्गीतिक प्रतिभालाई उजागर गर्न यो सिजन विशेष हुने अपेक्षा गरिएको छ।

​प्रतियोगितामा उत्कृष्ट हुनेहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ:

​प्रथम पुरस्कार: रु ७,०००, ट्रफी र प्रमाणपत्र

​द्वितीय पुरस्कार: रु ५,००० र प्रमाणपत्र

​तृतीय पुरस्कार: रु ३,००० र प्रमाणपत्र

​चौथो पुरस्कार: रु २,००० र प्रमाणपत्र

​अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरू बीच आगामी माघ महिनामा भव्य ग्रान्ड फाइनल (Grand Final) सम्पन्न हुने आयोजकले जनाएको छ।

SN
Author:self

Shine news

Published on December 28, 2025

More from

Related Posts