Updates

ललितपुर महानगरको १०७ औँ स्थापना दिवस: कराते खेलाडी रवि महर्जन सम्मानित

Shine news
80 views
ललितपुर महानगरको १०७ औँ स्थापना दिवस: कराते खेलाडी रवि महर्जन सम्मानित
स्थापना दिवस भव्यताका साथ मनाएको छ। बुधबार महानगरपालिकाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कार्यक्रमको समुद्घाटन गर्नुभयो। ​सोही अवसरमा प्रधानमन्त्री कार्कीले खेलकुद क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै आठौँ

ललितपुर, पुस २ (डिसेम्बर १७, २०२५):

ललितपुर महानगरपालिकाले आफ्नो १०७ औँ स्थापना दिवस भव्यताका साथ मनाएको छ। बुधबार महानगरपालिकाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कार्यक्रमको समुद्घाटन गर्नुभयो।

​सोही अवसरमा प्रधानमन्त्री कार्कीले खेलकुद क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै आठौँ दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण पदक विजेता कराते खेलाडी रवि महर्जनलाई 'ललितपुर महानगर गौरव पुरस्कार' बाट सम्मानित गर्नुभयो। ललितपुर महानगरपालिका वडा नं १६ निवासी महर्जनलाई पुरस्कार स्वरूप १ लाख रुपैयाँ नगद, दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरिएको थियो।

​सम्मान पछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कला, संस्कृति र सम्पदाको धनी ललितपुरले खेलकुद र सामाजिक क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन गरेर सकारात्मक परम्पराको थालनी गरेको बताउनुभयो। उहाँले अहिलेको सरकार सुशासन कायम गर्न र आगामी निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न केन्द्रित रहेको समेत उल्लेख गर्नुभयो।

​महानगर प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आफ्ना नागरिकहरूको हितमा विभिन्न नवीन कार्यहरू गरिरहेको र ऐतिहासिक सम्पदाहरूको संरक्षणसँगै जीवित संम्पदाका रूपमा रहेका व्यक्तित्वहरूलाई सम्मान गर्ने नीति लिएको बताउनुभयो।

​समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याल, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थापना दिवसको अवसरमा महानगरले अन्य विभिन्न विधामा योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरेको थियो।

SN
Author:self

Shine news

Published on December 18, 2025

More from

Related Posts