
ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १४ कार्यालयको आयोजनामा आगामी पुस १७ गते बिहीबार एक दिने वृहत् 'नि:शुल्क स्वास्थ्य शिविर' आयोजना हुने भएको छ ।
वडा अध्यक्ष अमृत जंग महतका अनुसार वडाबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै वडा स्वास्थ्य कार्यान्वयन समितिको समन्वय र काठमाडौँ मेडिकल कलेज (KMC) को प्राविधिक सहयोगमा यो शिविर सञ्चालन गर्न लागिएको हो ।
तिक्हेदेवलस्थित सामुदायिक भवनमा हुने उक्त शिविर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ ।
शिविरमा पाइने सुविधाहरू:
शिविरमा विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिने अध्यक्ष महतले जानकारी दिनुभयो । शिविरमा निम्न सेवाहरू नि:शुल्क उपलब्ध हुनेछन्:
अध्यक्ष महतले स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म जान समय र खर्च अभाव भएका वडाबासीहरूलाई आफ्नै पायक पर्ने स्थानमा आएर स्वास्थ्य लाभ लिन विशेष आग्रह गर्नुभएको छ । "हाम्रो लक्ष्य भनेकै स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउनु हो," उहाँले भन्नुभयो ।
शिविर सम्बन्धी थप जानकारीका लागि वडा कार्यालयको फोन नं. ०१-५१७०१०७ वा ९८५१०९२४८४ मा सम्पर्क गर्न सकिनेछ
@shinenews