Updates

ललितपुरको सैँबुमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न: ४००जना लाभान्वित

Shine news
572 views
ललितपुरको सैँबुमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न: ४००जना लाभान्वित
ललितपुर महानगरपालिका वडा नं. २५, सैँबुमा एक दिने ‘बृहत् नि:शुल्क स्वास्थ्य शिविर’ भव्यताका साथ सम्पन्न भएको छ। वडा ललितपुर महानगरपालिका वडा नं. २५ कार्यालयको समन्वयमा तथा सैँबु स्वास्थ्य चौकीको आयोजनाआइतबार आयोजित उक्त शिविरबाट कुल ३६६ जना स्थानीय बासिन्दाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन्।

ललितपुर, पुस ६ ।

ललितपुर महानगरपालिका वडा नं. २५, सैँबुमा एक दिने ‘बृहत् नि:शुल्क स्वास्थ्य शिविर’ भव्यताका साथ सम्पन्न भएको छ। वडा ललितपुर महानगरपालिका वडा नं. २५ कार्यालयको समन्वयमा तथा सैँबु स्वास्थ्य चौकीको आयोजनाआइतबार आयोजित उक्त शिविरबाट कुल ३६६ जना स्थानीय बासिन्दाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन्।

​वडा अध्यक्ष दौलत खत्रीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा सैँबु स्वास्थ्य चौकी प्रमुख विष्णुमाया थापा, लायन्स क्लबका प्रतिनिधि शिव अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष खत्रीले आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य पहुँचभन्दा टाढा रहेका नागरिकका लागि यस्ता शिविरले ठुलो राहत पुर्‍याउने बताउनुभयो।

दन्त सेवामा समाज डेन्टलको विशेष भूमिका

​शिविरमा प्राविधिक सहयोग पुर्‍याएको समाज डेन्टलले उल्लेख्य सेवा प्रदान गरेको थियो। समाज डेन्टलका मार्केटिङ एक्जुकेटिभ रुपेश पौडेल र ब्रान्च इन्चार्ज रोशन खत्रीको नेतृत्वमा खटिएको टोलीले दाँतको नि:शुल्क स्केलिङ (सफाई), स्पट फिलिङ (दाँत भर्ने) तथा आवश्यक औषधिहरू नि:शुल्क वितरण गरेको थियो।

​साथै, समाज डेन्टलले शिविरमा आएका प्रत्येक व्यक्तिलाई टुथब्रस र पेस्ट प्रदान गर्नुका साथै आवश्यकता अनुसार माउथवास समेत वितरण गरेको थियो। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शिविरमा सहभागी हुनेहरूका लागि ६ महिनासम्म मान्य हुने गरी नि:शुल्क मेम्बरसिप२० प्रतिशत विशेष छुटको घोषणा गरेको छ। ज्येष्ठ नागरिकहरूका लागि थप ५ प्रतिशत गरी कुल २५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी ब्रान्च इन्चार्ज रोशन खत्रीले दिनुभयो छ ।

बहुआयामिक स्वास्थ्य परीक्षण

​शिविरमा दन्त सेवाका साथै कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा परीक्षण र लायन्स क्लब अफ काठमाडौँ कञ्चनजङ्गाको सहयोगमा जनरल स्वास्थ्य परीक्षण समेत गरिएको थियो। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको शिविरमा सुगर परीक्षण तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।

​सैँबु स्वास्थ्य चौकी प्रमुख विष्णुमाया थापाले स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउँदा वृद्धवृद्धा तथा महिलाहरू विशेष हर्षित भएको बताउनुभयो। वडा स्वास्थ्य कार्यान्वयन समितिले आगामी दिनमा पनि यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको।

"समाज डेन्टलसँग मिलेर स्वास्थ्य शिविर आयोजना गर्न मुख्य सञ्चालन अधिकृत सबिन घिमिरे (९८५१२४५३४३) लाई सम्पर्क गर्नसक्नुहुन्छ।"

SN
Author:self

Shine news

Published on December 21, 2025

More from

Related Posts