Updates

नेपाल ल क्याम्पसमा 'दोस्रो स्ववियु अभ्यास अदालत प्रतियोगिता- २०८२' सम्पन्न

Shine news
302 views
नेपाल ल क्याम्पसमा 'दोस्रो स्ववियु अभ्यास अदालत प्रतियोगिता- २०८२' सम्पन्न
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेपाल ल क्याम्पसको आयोजना तथा क्याम्पस प्रशासनको सहकार्यमा सञ्चालित ‘दोस्रो स्ववियु अभ्यास अदालत (Moot Court) प्रतियोगिता- २०८२’ आइतबार विधिवत रूपमा समापन भएको छ


काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेपाल ल क्याम्पसको आयोजना तथा क्याम्पस प्रशासनको सहकार्यमा सञ्चालित ‘दोस्रो स्ववियु अभ्यास अदालत (Moot Court) प्रतियोगिता- २०८२’ आइतबार विधिवत रूपमा समापन भएको छ। तीन दिनसम्म चलेको उक्त प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न चरणहरूमा आफ्नो कानुनी तर्क र वकालत कला प्रदर्शन गरेका थिए।

​कार्यक्रममा जानकारी दिदै स्ववियु सदस्य रेवन्त ढकालले १४ वर्षपछि २०७९ सालमा सम्पन्न स्ववियु निर्वाचनले विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि एउटा नयाँ थिति बसाएको जानकारी दीदै उहाँले वर्तमान कार्यसमितिले विगतका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गर्दै नेपाल ल क्याम्पसको स्ववियुले अन्य क्याम्पसहरूका लागि पनि उदाहरण प्रस्तुत गरिरहेको दाबी गर्नुभयो।

​"व्यक्ति बदलिए पनि संस्थाको जिम्मेवारी र कर्तव्यले निरन्तरता पाउनुपर्छ," ढकालले भन्नुभयो। प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको छ। यस कार्यक्रमले विद्यार्थीहरूको व्यावहारिक कानुनी ज्ञानमा उल्लेख्य सुधार ल्याउने विश्वास गरिएको छ।

SN
Author:self

Shine news

Published on January 4, 2026

More from

Related Posts