नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षक पदका लागि नयाँ भर्ना खुल्यो

काठमाडौँ: नेपाल प्रहरीको प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका प्रहरी निरीक्षक (Inspector) र प्रहरी सहायक निरीक्षक (ASI) पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। शुक्रबार जारी सूचना अनुसार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको हो।
प्रहरी निरीक्षकका लागि २१ जना र सहायक निरीक्षकका लागि ४३८ जना गरी कुल ४५९ पदका लागि आवेदन माग गरिएको छ। इच्छुक नेपाली नागरिकले प्रहरी निरीक्षकका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र सहायक निरीक्षकका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
योग्यता पुगेका उम्मेदवारले नेपाल प्रहरीको आधिकारिक वेबसाइट careers.nepalpolice.gov.np मार्फत अनलाइन दरखास्त फारम भर्नु पर्नेछ। यो अवसरले देश सेवामा लाग्न चाहने युवाहरूका लागि महत्वपूर्ण बाटो खोलेको छ।
Shine news
Published on January 1, 2026