Updates

नेपाल तरुण दलको आकस्मिक बैठक सम्पन्न:

Shine news
341 views
नेपाल तरुण दलको आकस्मिक बैठक सम्पन्न:
नेपाल तरुण दल केन्द्रीय समितिको आज आकस्मिक अनौपचारिक छलफल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्यो ।

नेपाल तरुण दल केन्द्रीय समितिको आज आकस्मिक अनौपचारिक छलफल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्यो ।

नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युको अध्यक्षतामा भएको छलफलमा नेपाली काङ्ग्रेसको केन्द्रीय समिती र कार्यसम्पादन समितिको बैठकले पारित गरेको २०८३ साल बैशाख २८,२९,३०,३१ सम्पन्न हुने १५ औं महाधिवेशन र फाल्गुन २१ को आमचुनावलाई सफल बनाउन रणनिती तय गर्ने विषयमा केन्द्रित भएको छ ।

त्यसै अन्तर्गत पार्टिको सम्पुर्ण भात्री संगठन एवं सुभेच्छुक सङठनको संयुक्त" महाधिवेशन एवं आमचुनाव केन्द्रित भेला "यहि आउदो पुस २७ गते केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा दिनको ११:३० बजे राख्ने निर्णय भएको छ ।

नेपाल तरुण दल ,नेपाल महिला संघ ,नेपाल बिध्यार्थी संघ सहित सुभेच्छुक संस्थाहरुको संयुक्त आयोजनामा हुने कार्यक्रमको संयोजन नेपाल तरुण दलले गर्नेछ ।

नेपाली तरुण दल केन्द्रीय समिती सदस्य एवं जिल्ला कार्यसमितीलाई कार्यक्रममा अनिवार्य उपस्थितिको निर्देशन दिइएको कुरा कार्यालय मुख्य सचिब ठान प्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

SN
Author:self

Shine news

Published on January 8, 2026

More from

Related Posts