Updates

​नेपाली राजनीतिमा युवा नेतृत्व र नेपाली कांग्रेसको रूपान्तरण

Shine news
280 views
​नेपाली राजनीतिमा युवा नेतृत्व र नेपाली कांग्रेसको रूपान्तरण
​नेपाली राजनीतिमा पछिल्लो समय देखिएका उतारचढाव र नागरिकमा बढ्दो राजनीतिक वितृष्णाका बीच एउटा नयाँ बहस सुरु भएको छ। विशेषगरी भदौ २३ र २४ गतेका आन्दोलनहरूले नेपाली राजनीतिक दलहरू प्रतिको अविश्वासलाई प्रस्ट पारेका छन्। २३ गतेको आन्दोलनका मागहरूमा जायज पक्ष भए तापनि २४ गते देखिएको अराजकता, राष्ट्रिय सम्पत्तिको तोडफोड र सुरक्षाकर्मीमाथि गरिएको अभद्र व्यवहार कुनै पनि हालतमा समर्थन

सरोज घोर्साइने (अध्यक्ष, नेविसंघ ललितपुर)

​नेपाली राजनीतिमा पछिल्लो समय देखिएका उतारचढाव र नागरिकमा बढ्दो राजनीतिक वितृष्णाका बीच एउटा नयाँ बहस सुरु भएको छ। विशेषगरी भदौ २३ र २४ गतेका आन्दोलनहरूले नेपाली राजनीतिक दलहरू प्रतिको अविश्वासलाई प्रस्ट पारेका छन्। २३ गतेको आन्दोलनका मागहरूमा जायज पक्ष भए तापनि २४ गते देखिएको अराजकता, राष्ट्रिय सम्पत्तिको तोडफोड र सुरक्षाकर्मीमाथि गरिएको अभद्र व्यवहार कुनै पनि हालतमा समर्थन योग्य छैनन्। तर, यिनै घटनाक्रमले पुराना दलहरूलाई आत्मसमीक्षा गर्ने अवसर पनि दिएका छन्।

​यस्तो संकटपूर्ण घडीमा अन्य दलहरूको तुलनामा नेपाली कांग्रेसले आफूलाई रूपान्तरण गर्न सक्छ भन्ने आशा पलाएको देखिन्छ। कांग्रेसका नेताहरूले आफ्ना कमजोरी स्वीकार गर्दै जनताको भावना बुझ्न खोज्नु सकारात्मक पक्ष हो। हाल समाजमा नयाँ मतदाता, युवा वर्ग र बुद्धिजीवीहरूमा कांग्रेसप्रति पुनः आकर्षण बढ्न थालेको महसुस गर्न सकिन्छ। यो विश्वासलाई कायम राख्न अबको अधिवेशन र निर्वाचनमा पार्टीले ठोस कदम चाल्नुपर्ने देखिन्छ।

​पार्टीको आगामी अधिवेशनमा पुरानै अनुहारलाई दोहोर्‍याउनु भन्दा समाजमा केही गर्ने सोच बोकेका र परिवर्तनको पक्षमा उभिएका युवा पुस्तालाई नेतृत्व तहमा अगाडि बढाउनु आवश्यक छ। साथै, आगामी आम निर्वाचनमा पटक-पटक अवसर पाएका व्यक्तिहरूलाई विश्राम दिई जनताले पत्याएका नयाँ र जोशिला उम्मेदवारहरूलाई प्राथमिकता दिनुपर्छ।

​ यदि नेपाली कांग्रेसले समयको मागलाई बुझेर युवा नेतृत्वलाई अगाडि सार्न सक्यो भने मात्र अहिले पलाएको जनविश्वास टिकिरहन सक्छ। परिवर्तनको पक्षमा बुलन्द आवाज उठाउँदै नयाँ पुस्तालाई राजनीतिमा स्थापित गर्नु नै वर्तमान समयको मुख्य आवश्यकता हो।

SN
Author:self

Shine news

Published on December 18, 2025

More from

Related Posts