नेवि संघद्वारा नेपाल इन्जिनियरिङ्ग कलेजमा कार्यसमिति विस्तार

भक्तपुर, २० पुस २०८२ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) ले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेज (NEC) मा आफ्नो इकाई कार्यसमितिको विस्तार गरेको छ। संगठनलाई थप चलायमान र सुदृढ बनाउने उद्देश्यका साथ नयाँ पदाधिकारी र सदस्यहरू मनोनयन गरिएको हो।
सार्वजनिक गरिएको सूची अनुसार, वरिष्ठ उप-सभापतिमा अनिल रावल र उप-सभापतिहरूमा आयुष भट्ट, प्रयोजन झावाली, प्रतिक बस्नेत, निर्मल जंग शाह, युवराज दाहाल, सुडिस्ना खड्का, सर्वज्ञ राज कठायत, शिक्षा आचार्य र रितिक कुमार साह नियुक्त भएका छन्। यस्तै, सचिव पदमा पल्लव कार्की, प्रकाश सिंह र परेस बुर्लाकोटीलाई जिम्मेवारी दिइएको छ।
सह-सचिवहरूमा दिपेन्द्र थापा, सुजन गौतम, यस तामाङ र रामदेव यादव चुनिएका छन् भने कार्यसमिति सदस्यहरूमा सन्दिप थापा, कविल धामी, रीकेश यादव लगायतका विद्यार्थी नेताहरू मनोनित भएका छन्।
कलेज इकाई अध्यक्ष पृथ्वी जंग थापाद्वारा हस्ताक्षरित सो पत्रमा मनोनित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै संघको विधि, विधान र मर्यादामा रहेर संगठनात्मक गतिविधि अगाडि बढाउन निर्देशन दिइएको छ। कार्यक्रममा विद्यार्थी एकता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात गर्दै शैक्षिक मुद्दाहरूमा सक्रिय रहने प्रतिबद्धता जनाइएको छ।
Shine news
Published on January 4, 2026