Updates

नेविसंघ काठमाडौं विश्वविद्यालयको संयोजकमा इन्जिनियर शैलेश मिश्र

Shine news
278 views
नेविसंघ काठमाडौं विश्वविद्यालयको संयोजकमा इन्जिनियर शैलेश मिश्र
नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले इन्जिनियर शैलेश मिश्रलाई काठमाडौं विश्वविद्यालय (KU) को संयोजकको जिम्मेवारी सुम्पिएको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमार्फत मिश्रलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले इन्जिनियर शैलेश मिश्रलाई काठमाडौं विश्वविद्यालय (KU) को संयोजकको जिम्मेवारी सुम्पिएको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमार्फत मिश्रलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।

​नेविसंघको विधान २०२७ (सातौँ संशोधन २०७५) बमोजिम संगठनलाई गतिशील बनाउन र विश्वविद्यालयभित्र विद्यार्थी हकहितका लागि सक्रिय भूमिका खेल्ने अपेक्षासहित उनलाई यो पदमा मनोनयन गरिएको हो। नवनियुक्त संयोजक मिश्र हाल काठमाडौं विश्वविद्यालयमा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर (Masters in Structural Engineering) तहमा अध्ययनरत छन्।

​लामो समयदेखि विद्यार्थी राजनीति र शैक्षिक मुद्दाहरूमा सक्रिय रहँदै आएका मिश्रले विद्यार्थीका अधिकार र समस्या समाधानका लागि सडकदेखि नीतिगत तहसम्म निरन्तर संघर्ष गर्दै आएका छन्। उनको नियुक्तिको खबरसँगै केयूका विद्यार्थी र नेविसंघका कार्यकर्ताहरूमा उत्साह थपिएको छ। मिश्रले संगठनको मर्यादाभित्र रहेर विश्वविद्यालयको शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीका आवाजलाई थप सशक्त ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

SN
Author:self

Shine news

Published on December 30, 2025

More from

Related Posts