Updates

नेविसंघ ललितपुरद्वारा मिर्गौला पीडित अमर लामाका लागि आर्थिक संकलन अभियान सुरु

Shine news
647 views
नेविसंघ ललितपुरद्वारा मिर्गौला पीडित अमर लामाका लागि आर्थिक संकलन अभियान सुरु
नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य अमर लामाको

ललितपुर, ११ मंसिर ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य अमर लामाको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ ।

​लामो समयदेखि सामाजिक सेवा र पार्टी संगठनमा सक्रिय लामा हाल दुवै मिर्गौला फेल भएर गम्भीर अवस्थामा हुनुहुन्छ । हाल उहाँको नियमित डायलाइसिस भइरहेको छ भने चिकित्सकले आगामी दिनमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् । उपचार अत्यन्त खर्चिलो भएको र लामाको आर्थिक अवस्था कमजोर रहेकाले नेविसंघले यो मानवीय पहल सुरु गरेको हो ।

​नेविसंघ ललितपुरका अध्यक्ष सरोज घोरसाईनेले एक अपील जारी गर्दै कठिन घडीमा मानवीय संवेदना र आपसी सहयोगको भावना प्रदर्शन गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । संघले लामाको जीवन बचाउन इच्छुक महानुभाव, शुभेच्छुक र नेता-कार्यकर्ताहरूलाई आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरिदिन विनम्र अनुरोध गरेको छ ।

​सहयोगका लागि नेविसंघ ललितपुरका अध्यक्ष सरोज घोरसाईने (९८६८८४४४७०), उपाध्यक्ष निराजन घिमिरे (९८४९९३५३१३) र सचिव हरिहर थापा (९८५१२४०३९०) सँग सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

SN
Author:self

Shine news

Published on December 26, 2025

More from

Related Posts