Updates

निजगढमा नेविसङ्घद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Shine news
399 views
निजगढमा नेविसङ्घद्वारा रक्तदान कार्यक्रम सम्पन्न
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) निजगढको आयोजनामा बाराको निजगढस्थित सहिदचोकमा "तेस्रो रक्तदान कार्यक्रम" आज शनिवार सफलतापूर्वक सम्पन्न भएको छ। "सेवा नै धर्म हो" र "रक्तदान जीवन दान" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा

निजगढ, बारा ।

✒️दावा लामा (बम्जन अनिल)

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) निजगढको आयोजनामा बाराको निजगढस्थित सहिदचोकमा "तेस्रो रक्तदान कार्यक्रम" आज शनिवार सफलतापूर्वक सम्पन्न भएको छ। "सेवा नै धर्म हो" र "रक्तदान जीवन दान" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा ५० जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्।

​संकलित रगतको विवरण अनुसार ४७ जना पुरुष र ३ जना महिला गरी कुल ५० जनाले रक्तदान गरेका थिए। अस्पतालहरूमा भइरहने रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थी तथा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श बोकेको नेविसङ्घले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सम्पन्न गरेको हो। आयोजकले सम्पूर्ण रक्तदाता र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

SN
Author:self

Shine news

Published on December 27, 2025

More from

Related Posts