
निर्वाचनको सरगर्मीसँगै पत्रकार ऋषि धमलाको फरक शैलीले सामाजिक सञ्जाल तताएको छ। आफ्नो निर्वाचन क्षेत्रमा मतदाता रिझाउन उनी कहिले खेतमा धान काट्दै, कहिले साइकल चलाउँदै, त कहिले मिठाई बनाउँदै र काठ चिर्दै गरेको अवस्थामा देखिएका छन्।
भोट माग्ने उनको यो 'अतरंगी' र बहुआयामिक शैलीको भिडियो यतिबेला भाइरल बनिरहेको छ, जसले सर्वसाधारण र नेटिजनहरूमाझ ठूलो चर्चा र कौतुहलता जगाएको छ।