Updates

नियमितमहाधिवेशन,विशेष महाधिवेशन र क्रियाशील सदस्यहरूको पिडा

NP
26 views
नियमितमहाधिवेशन,विशेष महाधिवेशन र क्रियाशील सदस्यहरूको पिडा
आफ्नो संयोजकत्वमा बनेको क्रियाशील कार्यकर्ताहरूको छानविन गर्ने जिम्मा पाएका महामन्त्री थापा क्रियाशील छानविनको क्रममा कहाँ नेर चुके त्यो अर्को यक्ष प्रश्न हो ।

काठमाण्डौँ । राजनीति चालको रमाइलो कला अहिले नेपाली काँग्रेसमा देखीन थालेको छ । गत भदौ २३/२४ को जे एन जी आन्दोलन सँगै केही तिलिमिएको नेपाली राजनीतिको प्रत्यक्ष असर अहिले काँग्रेसमा स्वभाविक रूपमा देखिएको भान आम नेपाली देखि राजनीतिमा प्रत्यक्ष सरोकार राख्नेहरूले गर्न थालेका छन् ।

पुसको चिसो मौसममा विशेष महाधिवेशनको नाममा राजनीतिक ताण्डव गरेर मौसम गर्माउने प्रयास काँग्रेसका केन्द्रीय नेतृत्वमा रहेका युवा पंक्तिका विशेष नेतृत्वहरूले गरिरहेका छन् ।

राजनीति बृत्तमा विशेष ताण्डवको रूपमा हेरिएको विशेष महाधिवेशनको मुख्य उद्देश्य के हो भन्ने बारे काँग्रेस राजनीतिमा विशेष दख्खल राख्ने राजनीतिक कर्मी स्वयं पनि रनभुल्लको जालोमा जकडिएका छन् ।

तर पनि विशेष महाधिवेशनका पक्ष र विपक्षहरूको सामाजिक सञ्जालिय परिक्रमा भने निकै घत लाग्दो छ मिनेट मिनेटमा सञ्जालमा समाचारका अपडेटले साँच्चै काँग्रेसमा परिवर्तनको पाना पल्टिन लागेको हो कि भन्ने एक प्रकारकाे सन्देश चाहिँ दिन्छन् । तर काँग्रेस भित्र देखीएको राजनीतिको ठेट आँकडाकाे अनुमान लगाउन निकै कठिन छ ।

अहिले विशेष महाधिवेशनको कारण विशेष चर्चामा रहेका काँग्रेसका महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा विशेष महाधिवेशन मार्फत काँग्रेसको विशेष खाका कोर्ने भनेर कम्मर कसेर लागेका छन् ।

उता विशेष होईन नियमित महाधिवेशन भन्नेको भिड पनि कम छैन् ।

राजनीति र यसका तानाबुना धेरै गहकिला र सुन्नमा हेर्नमा रमाईला लाग्छन् ।यसका पछाडिका दृष्यहरू कुनै निकै मनमोहक त कुनै निकै कठिन पनि हुन्छन् । हो अहिले देशको राजनितीक बागडोरको पहिलो पहिचान बोकेको पुरानो दल काँग्रेसमा मनमोहक र कठिनका दुई पालाहरू भरिने क्रममा छन् ।

उता निर्वाचनमा असर नपरोस् भनेर महाधिवेशन अघि नबढाउने सोचमा काँग्रेसका सभापति शेर बहादुर देउवा रहेका छन् ।

बिशेष महाधिवेशनको नौटंकी सँगै नियमित महाधिवेशनको संघारमा आएको नेपाली काँग्रेसको आन्तरिक पर्व(महाधिवेशन ) को निर्धारित घोषीत मितिमा पूर्ण बिराम लागेको छ ।

पुस १७ गते नियमित रूपमा सुरू हुनु पर्ने महाधिवेशन पार्टीको आन्तरिक कार्य(क्रियाशील फारम)मा देखीएको गैर जिम्मेवार पूर्ण कार्यका कारण राेकिएको कुरा बाहिरी सकेको छ । नियमित महाधिवेशनको निर्धारित घोषीत मितीमा बद्लाव आएको तल्लो देखी माथिल्लो निकायका नेता /कार्यकर्ताहरूलाई थाहा छ ।फेरी एका तर्फका काँग्रेस भजन मण्डलीहरूले बिशेष महाधिवेशनको भजन सुरू गरेका छन् । यो भजन केका लागि हो । आखिर पद र प्रतिष्ठाको लागि त होलानी काँग्रेसमा आस्था राख्ने हरेक काँग्रेसीहरू भनाई यस्तो आउन थालेको छ।

भनाई आ आफ्नो हुन्छ ।तर आफैले नेतृत्व गरेको दलमा देखिएको कचिंगल को जिम्मा कचिंगल गर्नेहरूले लिनुपर्ने हुन्छ ।

आफ्नो संयोजकत्वमा बनेको क्रियाशील कार्यकर्ताहरूको छानविन गर्ने जिम्मा पाएका महामन्त्री थापा क्रियाशील छानविनको क्रममा कहाँ नेर चुके त्यो अर्को यक्ष प्रश्न हो । यसो हेर्ने हो भने काँग्रेसको राजनीतिमा सबैभन्दा बढी राजनीति हुने सेक्टर भनेको क्रियाशील नै हो ।

क्रियाशील कार्यकर्ताहरू काँग्रेसको मुटु नै हुन् । काँग्रेस राजनीतिको पहिलो पहेदार हुन् क्रियाशील हुन् । तर क्रियाशीलहरू माथि हरेक महाधिवेशनमा केही न केही विवादित रंगले छोएको हुन्छ । यसपालि पनि काँग्रेसका क्रियाशील कार्यकर्ताहरू सो रंगबाट अछुत रहेनन ।

स्वयं महामन्त्री थापा संयोजक रहेको क्रियाशील छानविन समिति विवादमा रह्यो नै ४ लाख को हाराहारीमा रहेको नयाँ क्रियाशील सदस्यता छनोटको योजना पनि तुहियो ।

जसका कारण घोषीत मितिमा काँग्रेसले आफ्नो महाधिवेशन सुरू गर्न सकेन । अब यसको जिम्मेवारी कसले लिने त्यो अर्को घनिभुत प्रश्न हो ।

खाली आफ्नो मात्र स्वार्थ हेर्ने कि कमि कमजोरीहरू पन्छाउने तर्फ लाग्ने यो कुरा उठ्छ ।

जब महाधिवेशनको संघारमा क्रियाशील कार्यकर्ताहरूको फारम विवाद आयो । त्यसपछि नियमित महाधिवेशनको मितिमा गढबड भयो ।

अनि फेरि सुरू भयो विशेष महाधिवेशनको दोस्रो चरणको नाट्यकला । अब यसलाई के भन्ने कुशल राजनीतिक कला कि नयाँ क्रियाशील सदस्यहरू माथि गरिएको अपहेलना ।

सबै कुरालाई नजिक बाट विश्लेषण गर्ने हो भने काँग्रेसको तल्लो तहमा होइन । यो विवाद उपल्लो नेतृत्व तहमा हो । जसका गैरजिम्मेवार पूर्ण कार्यले काँग्रेस राजनीति उँदो गति तर्फ उन्मुख हुँदै छ।परिवर्तनको नाममा आफ्नो राजनीतिक स्वार्थ सिद्धि गर्ने मनसाय नेतृत्व तहमा बढ्दै गएका कारण काँग्रेसले कहिले पनि एकताको संन्देश दिन सकेन जसको पिडा काँग्रेसका तल्लो तहका कार्यकर्ताहरूले जहिले खेपिरहेका छन् ।

लेखक

सुधिर नेपाल

N
Author:self

NP

Published on January 9, 2026

More from

Related Posts