
काठमाडौं, २०८२ पुस १८ मानव कल्याण समाज (सेवा घर) मा आश्रित गरिमा आमाबुवाहरूलाई नयाँ वर्ष २०२६ को सुखद अवसरमा न्यानो कपडा सहयोग गरिएको छ। पाटन निवासी समाजसेवीद्वय श्री श्री विजय ब्लोन र श्री आकाश महतज्यूले सेवा घरमा रहेका वृद्धवृद्धाहरूका लागि न्यानो ज्याकेट स-प्रेम अर्पण गर्नुभएको हो।
लामो समयदेखि मानव सेवामा समर्पित ब्लोन र महतले नयाँ वर्षको सुरुवात असहाय र सडक आश्रित मानवहरूको सेवाबाट गर्ने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो। सहयोग ग्रहण गर्दै मानव कल्याण समाज परिवारले सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ। समाजका प्रतिनिधिले भन्नुभयो, "जिउँदो देवी-देवताको रूपमा रहेका आमाबुवाहरूको सेवामा हजुरहरूको यो योगदान अतुलनीय छ, यसले उहाँहरूलाई जाडो महिनामा ठूलो राहत पुग्नेछ।"
संस्थाले सहयोगी दाताहरूको उज्ज्वल भविष्य र प्रगतिको कामना गर्दै भगवान पशुपतिनाथले सबैको रक्षा गरून् भन्ने शुभेच्छा प्रकट गरेको छ। नेपालीहरूको मुठ्ठीदान र स्वैच्छिक सहयोगबाट सञ्चालित यस सेवा घरले बेसहाराहरूलाई आश्रय र ममता प्रदान गर्दै आएको छ।
मानवीय कल्याणको यस पुनित कार्यमा हातेमालो गर्न चाहने महानुभावहरूका लागि संस्थाको बैंक खाता विवरण तल दिइएको छ:
थप जानकारीका लागि तपाईंले यी नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ:
@shinenews