Updates

ओखलढुंगामा दम्पतीको विभत्स हत्या

Shine news
289 views
ओखलढुंगामा दम्पतीको विभत्स हत्या
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेमा एक दम्पतीको विभत्स हत्या भएको छ। स्थानीय शोभित थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगर आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।

-​विरेन्द्र मगर

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेमा एक दम्पतीको विभत्स हत्या भएको छ। स्थानीय शोभित थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगर आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।

​पसल सञ्चालन गर्दै आएका यो दम्पतीले बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले खोजी गरेका थिए। घरबाहिर रगत देखेपछि शंका लागेर खोज्दा उनीहरूको शव घर नजिकैको मतानमा घाँसले छोपेको अवस्थामा फेला परेको थियो। वडा सचिव चोलेन्द्र कार्कीका अनुसार, हत्यापछि शव घिसारेर लुकाइएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थल र आसपासको क्षेत्रमा रगत लतपतिएको भेटिएको छ।

​घटनाको जानकारी पाउनासाथ निशंखे प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान टोली खटाइएको छ। हत्याको कारण र संलग्न व्यक्तिको पहिचान भइसकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

SN
Author:self

Shine news

Published on December 30, 2025

More from

Related Posts