Updates

पाटन क्याम्पसको फेसबुक पोस्टमा भाषिक विचलन: प्राज्ञिक गरिमा कि दयनीय अवस्था ?

Shine news
577 views
पाटन क्याम्पसको फेसबुक पोस्टमा भाषिक विचलन: प्राज्ञिक गरिमा कि दयनीय अवस्था ?
​काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आङ्गिक क्याम्पस, पाटन बहुमुखी क्याम्पसको आधिकारिक फेसबुक पेजमा हालै एउटा पोस्ट अपलोड भयो । क्याम्पस परिसरको चौरमा बसेर ल्यापटपमा काम गरिरहेकी एक छात्राको तस्बिरसहितको उक्त पोस्टको क्याप्सन थियो— "Student studying in the ground before TT hall" । तर, यो सामान्य देखिने पोस्टले क्याम्पसको प्राज्ञिक उचाइ र यसको

– शेखर पनेरु

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आङ्गिक क्याम्पस, पाटन बहुमुखी क्याम्पसको आधिकारिक फेसबुक पेजमा हालै एउटा पोस्ट अपलोड भयो । क्याम्पस परिसरको चौरमा बसेर ल्यापटपमा काम गरिरहेकी एक छात्राको तस्बिरसहितको उक्त पोस्टको क्याप्सन थियो— "Student studying in the ground before TT hall" । तर, यो सामान्य देखिने पोस्टले क्याम्पसको प्राज्ञिक उचाइ र यसको व्यवस्थापकीय संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।


खासमा भाषा एकले भन्न खोजेको कुरा अरूले बुझ्ने माध्यम हो । सामान्य दुई व्यक्तिबीच हुने संवादमा भाषाले त्यति ठूलो महत्त्व नपाउन सक्छ । तर संस्था, कार्यालय वा विशेष पदमा बस्ने व्यक्तिले संस्थासँग सम्बन्धित जानकारी वा कार्य प्रस्तुत गर्दा भाषागत त्रुटि गर्नु गलत मानिन्छ ।

हामीले भाषालाई सामान्य रूपमा लिनु हुँदैन, किनकि भाषाको आफ्नै विज्ञान हुन्छ । शब्दअनुसार उच्चारण गर्ने तरिका फरक–फरक हुन्छ । के बोल्ने र कसरी बोल्ने भन्ने विषय पनि भाषाविज्ञानसँग सम्बन्धित हुन्छ । भाषाका निश्चित व्याकरणीय नियमहरू हुन्छन्, जसको पालना आवश्यक हुन्छ ।

भाषा पहिचान पनि हो ।

भाषा र व्याकरणको चरम बेवास्ता

हजारौँ बौद्धिक व्यक्तित्व र विद्यार्थीहरूले पछ्याउने आधिकारिक पेजमा अङ्ग्रेजी व्याकरणका सामान्य नियमहरू समेत पालना नगरिनुले क्याम्पसको दयनीय अवस्था झल्काउँछ । "In the ground" र "Before TT hall" जस्ता गलत शब्दावलीको प्रयोगले क्याम्पस प्रशासनको लापरबाहीलाई प्रस्ट पार्छ । यो कुनै पहिलो पटकको गल्ती होइन, विगतका पोस्टहरू हेर्दा पनि यस्तो भाषिक त्रुटि निरन्तर देखिने गरेको छ ।

जिम्मेवार पदका व्यक्तिबाटै गैरजिम्मेवार टिप्पणी

उक्त पोस्टमा क्याम्पसकै एक शिक्षक (सर) बाट आएको प्रतिक्रियाले झन् अचम्मित तुल्याएको छ । न त पोस्ट गर्नेको लेखाइ सही छ, न त जिम्मेवार ओहोदामा बसेर कमेन्ट गर्ने व्यक्तिको नै । विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्ने र भाषा सिकाउने शिक्षकहरूबाटै यस्तो त्रुटिपूर्ण र अपरिपक्व लेखाइ सार्वजनिक हुनुले क्याम्पसको गुणस्तर र दायित्वमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।

​प्रशासनको ध्यानाकर्षण

आलोचना भएपछि हिजो क्याम्पसले उक्त पोस्ट त सच्याएको छ, तर यसले पुर्‍याएको क्षति गम्भीर छ । यो सामग्री १३५००० भन्दा बढी प्रयोगकर्ताले हेरिसकेको तथ्याङ्कले देखाउँछ । यति ठुलो सङ्ख्यामा मानिसहरूले हेर्ने पोस्टमा हुने यस्ता गल्तीले क्याम्पसको साख गिराउने काम मात्र गरेको छ ।

​एउटा प्राज्ञिक संस्थाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रवाह गर्ने सूचना र भाषा कत्तिको शुद्ध र मर्यादित हुनुपर्छ भन्ने कुरा प्रशासनले अझै बुझ्न नसक्नु दुखद पक्ष हो । यस्ता लापरबाहीले संस्थाको गरिमालाई धुमिल बनाउने भएकाले प्रशासनले आगामी दिनमा यसतर्फ गम्भीरता देखाउनु जरुरी छ ।

SN
Author:self

Shine news

Published on December 21, 2025

More from

Related Posts