पब्लिक युथ क्याम्पस नेविसंघद्वारा 'बृहत् वनभोज २०८२' आयोजना

काठमाडौँ: नेपाल विद्यार्थी संघ (नेविसंघ), पब्लिक युथ क्याम्पस इकाई समितिले विद्यार्थीहरूबीच आपसी सम्बन्ध र भ्रातृत्व बढाउन 'बृहत् वनभोज कार्यक्रम-२०८२' आयोजना गर्ने भएको छ। इकाई सभापति रविन्द्र दाहालको विशेष सक्रियतामा हुन लागेको यो कार्यक्रम आगामी पौष १९ गते, शनिबार सिन्धुपाल्चोकको भोटेचौर (मिनी इलाम) मा सञ्चालन हुनेछ।
वनभोजमा सहभागी हुन चाहने BBS, BBA, MBS लगायत सबै संकायका विद्यार्थीहरूका लागि ९९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सहभागीहरू सो दिन बिहान ६:३० बजे क्याम्पस परिसरमा अनिवार्य उपस्थित हुनुपर्नेछ। सभापति दाहालसहित अन्य पदाधिकारीहरूले कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारेका छन्।
पढाइको चापबाट केही समय राहत मिल्ने र साथीहरूबीच चिनजान हुने यस कार्यक्रमका लागि विभिन्न सम्पर्क व्यक्तिहरू समेत तोकिएका छन्।
Shine news
Published on December 28, 2025