Updates

फुर्केडाँडामा जनप्रतिनिधिसँग गुनासो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Shine news
562 views
फुर्केडाँडामा जनप्रतिनिधिसँग गुनासो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिति २०८२/०९/१५ गते फुर्केडाँडा टोलकार्य समितिको आयोजनामा जनप्रतिनिधिसँग गुनासो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फुर्केडाँडा टोलबासीहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा स्थानीय समस्याहरू, विकासका आवश्यकता तथा समाधानका उपायहरूबारे खुला छलफल गरिएको थियो।

ललितपुर । मिति २०८२/०९/१५ गते फुर्केडाँडा टोलकार्य समितिको आयोजनामा जनप्रतिनिधिसँग गुनासो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फुर्केडाँडा टोलबासीहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा स्थानीय समस्याहरू, विकासका आवश्यकता तथा समाधानका उपायहरूबारे खुला छलफल गरिएको थियो।

कार्यक्रममा गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन, वडा अध्यक्ष राम कुमार लामा,जिल्ला सदस्य ईन्द्र बहादुर घलान इकाइ सभापति बिमला लामा, इकाइ उपसभापति डिल्ली बजगाई, पूर्व इकाइ सभापति चन्द्र बहादुर घलानलगायत जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै टोलका भद्रभलाद्मी तथा सम्पूर्ण क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रियाका क्रममा टोलबासीहरूले सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवासम्बन्धी गुनासो तथा सुझावहरू राखेका थिए। जनप्रतिनिधिहरूले उठाइएका गुनासोहरूलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तह र समुदायबीच समन्वय आवश्यक रहेको बताए।

कार्यक्रमले जनप्रतिनिधि र स्थानीय नागरिकबीच प्रत्यक्ष संवादको अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

SN
Author:self

Shine news

Published on December 31, 2025

More from

Related Posts