प्रतिनिधिसभाका लागि ओखलढुंगाबाट युवा नेता बिरेन्द्र मगर (मदन) सिफारिस

3931 views
प्रतिनिधिसभाका लागि ओखलढुंगाबाट युवा नेता बिरेन्द्र मगर (मदन) सिफारिस
ओखलढुंगा—नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ओखलढुंगाले प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

ओखलढुंगा—नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ओखलढुंगाले प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ।


जिल्ला कमिटीको बैठकले पार्टीको मापदण्ड अनुसार नेत्र प्रसाद भट्टराई , मोहन खड्का , नवराज गुरुङ , राम कुमार कार्की लाई खुला क्लस्टरबाट उम्मेदवारका रूपमा सिफारिस गरेको हो। यस्तै, नवयुवा क्लस्टरबाट बिरेन्द्र अछामी मगर (मदन)को नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

ओखलढुंगाको राजनीतिमा प्रभावशाली र जुझारु युवा पहिचान बनाएका बिरेन्द्र अछामी मगर (मदन) लाई नेकपा जिल्ला कमिटीले 'नवयुवा क्लस्टर' बाट प्रतिनिधिसभाको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको पछिल्लो बैठकले उनलाई युवा नेतृत्वको मुख्य प्रतिनिधिका रूपमा अघि सार्दै उनको नाम विशेष प्राथमिकताका साथ माथिल्लो कमिटीमा पठाएको हो।

त्येसैगरी समानुपातिक तर्फ : चम्पा कार्की ,सिताराम गुरुङ ,निर्मला श्रेष्ठ ,मावार सुनुवार को नाम सिफारिस गरिएको छ ।

पार्टीका अनुसार सिफारिस गरिएका उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाइसकिएको छ। अन्तिम निर्णय केन्द्रीय कमिटीबाट हुने बताइएको छ ।

12 Followers
3 Following
164 Posts
95,249 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from Shine news

Related Posts