Updates
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा ‘प्रतिष्ठान गान’ रचना आह्वान
Shine news
265 views

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जले आफ्नो स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा ‘प्रतिष्ठान गान’ (Anthem) रचनाका लागि प्रतियोगिता आयोजना गरेको छ।
काठमाडौँ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जले आफ्नो स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा ‘प्रतिष्ठान गान’ (Anthem) रचनाका लागि प्रतियोगिता आयोजना गरेको छ। प्रतिष्ठानको गरिमा, तालिमको महत्त्व र व्यावसायिकता झल्कने गरी इच्छुक सर्जकहरूलाई गान रचना गरी पठाउन आह्वान गरिएको छ।
उत्कृष्ट रचनालाई नगद ५०,००० रुपैयाँ र प्रशंसापत्रद्वारा पुरस्कृत गरिनेछ। इच्छुक व्यक्तिले आगामी माघ २० गतेभित्र प्रतिष्ठानको इमेल वा प्रत्यक्ष रूपमा रचना बुझाउन सक्नेछन्। यस प्रतियोगिताले प्रहरी प्रशिक्षणको इतिहास र गौरवलाई शब्दमार्फत उजागर गर्ने लक्ष्य राखेको छ।
SN
Author:self
Shine news
Published on January 5, 2026