Updates

राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो पार्टी नेपालबीच एकताको सहमति

Shine news
205 views
राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो पार्टी नेपालबीच एकताको सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हाम्रो पार्टी नेपालबीच औपचारिक रूपमा एकता गर्ने सहमति भएको छ । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ राजनीतिक शक्ति निर्माणका लागि दुई पार्टीबीच पाँच बुँदे सहमति भएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हाम्रो पार्टी नेपालबीच औपचारिक रूपमा एकता गर्ने सहमति भएको छ । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ राजनीतिक शक्ति निर्माणका लागि दुई पार्टीबीच पाँच बुँदे सहमति भएको हो ।

​सहमति पत्रमा जेनेरेसन-जी (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्ने तथा शहीद र घाइतेका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, दलित तथा उत्पीडित वर्गका हक अधिकार कार्यान्वयन गर्ने र जातीय विभेद विरुद्ध नीतिगत व्यवस्था गर्ने विषयलाई प्राथमिकता दिइएको छ । एकता प्रक्रिया अन्तर्गत हाम्रो पार्टी नेपालका जिम्मेवार सदस्यहरूलाई रास्वपामा सम्मानजनक रूपमा समाहित गरिने र राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्दै देशको विकासमा एकजुट भएर लाग्ने उल्लेख छ ।

​यस एकताले नयाँ राजनीतिक शक्तिलाई अझ बलियो बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

SN
Author:self

Shine news

Published on January 13, 2026

More from

Related Posts