Updates

रास्वपामा बालेनको दबदबा ४०समानुपातिक सिटको माग

जेन्जी प्रतिनिधी
161 views
रास्वपामा बालेनको दबदबा ४०समानुपातिक सिटको माग
रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन)को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् ।

आइतबार (पुस १३) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति गरेको हो ।

रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो ।

“बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो । त्यसपछि रास्वपाले सबै ल्याउनुस्, भनेको छ । बाँकी ७० जना रास्वपातर्फका हुन्छन् । मिलेर जाने कुरामा मौखिक समझदारी भएको हो,” स्रोतले भन्यो ।

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा सोमबार (पुस १४) सम्म समानुपातिक समानुपातिकतर्फ ११० जनाको नाम बुझाइसक्नुपर्नेछ ।

जप
Author:self

जेन्जी प्रतिनिधी

Published on December 28, 2025

More from

Related Posts