रेशम चौधरीको उम्मेदवारी खारेज
312 views

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि दर्ता भएको उम्मेदवारी खारेज भएको छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि दर्ता भएको उम्मेदवारी खारेज भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, स्वतन्त्र उम्मेदवार सत्य नारायण भट्टराईले दिएको उजुरीमाथि छानबिन गर्दा चौधरीको उम्मेदवारी कानुनी रूपमा अयोग्य ठहरिएको हो। अदालतबाट फौजदारी कसुरमा सजाय पाएका व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधानका कारण उनको मनोनयन रद्द गरिएको जानकारी दिइएको छ।