
रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। बाढीले स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ भने जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्।
यसैबीच, अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिएको छ। अझै टनेलमा रहेका १०० भन्दा बढी मानिसलाई सुरक्षित बाहिर निकाल्न नेपाली सेनाले उद्धार अभियान जारी राखेको छ।