
नुवाकोट — रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले श्रिङरी पूर्वविद्यार्थी समाज तथा नजिकका साथीभाइ र दाजुभाइहरूको सहकार्यमा राहत अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत आज नुवाकोट जिल्ला समन्वय समितिमार्फत राहत सामग्री हस्तान्तरण गरिएको हो।
अभियानमा विभिन्न व्यक्ति तथा सहयोगी मनहरूबाट कुल रु. १ लाख ९६ हजार ४४ संकलन भएको थियो। त्यसमध्ये रु. १ लाख ३४ हजार ५२१ राहत सामग्री खरिद तथा व्यवस्थापनमा खर्च भएको र रु. ६१ हजार ५२३ बाँकी रहेको जनाइएको छ। बाँकी रकम पनि आगामी दिनमा आवश्यकताअनुसार राहत तथा सहयोगमा प्रयोग गरिने बताइएको छ।

राहत सामग्रीअन्तर्गत १०० थान सुत्ने झोला, ५२ थान पोलार कम्बल, १०० थान प्लास्टिक वर्षादी, १० थान सौर्य/रिचार्ज गर्न मिल्ने बत्ती, ११ थान सानो टर्च, ५ थान खोज तथा उद्धार बत्ती, ३० कार्टुन वाइवाई, २ कार्टुन बिस्कुट (३५ प्याकेट), ४० प्याकेट चिउरा, ५८ थान खोकीको औषधि, १२० प्याकेट जीवनजल, १४ थान गर्गल, ५० ट्युब घाउमा लगाउने मलम, २० थान जिनोमिन सिरप र ३५ थान झाडापखालाको औषधि लगायतका सामग्री हस्तान्तरण गरिएको छ।

सहयोग गर्नेहरूको सूची
राहत अभियानमा मिनु सुवाल अगाङ्गा, मनीष सुवाल तथा रोमन सुवाल, करिश्मा सुवाल, सबिना थापा मगर, सुशान्त सिलवाल, सारा अख्तर, विशाल सुवाल, पवन पौडेल, अपिल श्रेष्ठ, शेखर भट्ट, रसिला, बिल्लु बिसुन्खे, शैलेन्द्र सिंह (सूर्य), विक्रम श्रेष्ठ, दुर्गा गिरी, सरोज बस्नेत, दिवाकर कार्की, अनुप लम्साल, सुरज निरौला, रुपेश किरण पौडेल, अलिसा अधिकारी, मनीष भट्ट र संगीता सुबिदी लगायतले सहयोग गरेका छन्।
त्यस्तै, प्रशान्त चन्द, काजोल चन्द, सजीव थापा मगर, विनोद श्रेष्ठ, पूर्णा मगर, नवीन थापा मगर, दिपेश भुजेल, अमृत चन्द, नवीन पौडेल, रसिक धोजु, शबनम श्रेष्ठ, परितोष पौडेल, निकिता दुवाल, अनिश मगर, आकाश सुवाल, जीवन श्रेष्ठ, जोन बराल, सुस्मिता तामाङ, अञ्जली शर्मा, रेश्मा सुवाल र माधव चन्द ले पनि राह

त अभियानमा सहयोग गरेका छन्।
राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने तथा स्थलगत निरीक्षणका लागि नवीन पौडेल, विनोद श्रेष्ठ, मनीष सुवाल, नवीन थापा मगर र विक्रम भुजेल सहभागी भएका थिए। राहत अभियान तथा आर्थिक विवरणसम्बन्धी जानकारी विनोद श्रेष्ठबाट प्राप्त भएको जनाइएको छ।
आयोजकले अभियानमा आर्थिक, भौतिक तथा अन्य कुनै पनि रूपमा सहयोग गर्ने सम्पूर्ण पूर्वविद्यार्थी, साथीभाइ, दाजुभाइ तथा सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
@shinenews