"सामूहिक खेतीले फेरियो सिसुवाखोलाको मुहार, एकै गाउँमा भित्रियो करोडौँ"

संखुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलास्थित गोगने टोलका बासिन्दाहरूले सामूहिक एकता र परिश्रमको एउटा उत्कृष्ट नमुना प्रस्तुत गरेका छन्। परम्परागत खेतीलाई छाडेर व्यावसायिक र सामूहिक अलैँची खेतीमा जुटेका यहाँका स्थानीयले यस वर्ष मात्र १ करोड १७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।
यो लोभलाग्दो आम्दानी सामूहिक खेतीबाट मात्र भएको हो, जबकि किसानहरूको व्यक्तिगत आम्दानी यसभन्दा छुट्टै र उल्लेख्य छ। "कालो सुन" मानिने अलैँचीले यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा कायापलट ल्याएको छ। एकतामा कति शक्ति हुन्छ र गाउँमै बसेर पनि लाखौँ कमाउन सकिन्छ भन्ने सन्देश गोगनेबासीले देशभरका युवाहरूलाई दिएका छन्।
वैदेशिक रोजगारीको विकल्प खोजिरहेकाहरूका लागि यो सफलताको कथा ठुलो प्रेरणा हो। बाँझो जमिनलाई सुन फलाउने कर्मथलो बनाउन सके आफ्नै माटोमा समृद्धि सम्भव छ भन्ने कुरा सिसुवाखोलाका किसानहरूले प्रमाणित गरिदिएका छन्।
Shine news
Published on December 29, 2025