Updates

सगरमाथा इन्जिनियरिङ क्याम्पसमा नेविसंघको नयाँ कार्यसमिति चयन: सभापतिमा आकाश खड्का

shine news
427 views
सगरमाथा इन्जिनियरिङ क्याम्पसमा नेविसंघको नयाँ कार्यसमिति चयन: सभापतिमा आकाश खड्का
नेपाल विद्यार्थी संघ (नेविसंघ) सगरमाथा इन्जिनियरिङ क्याम्पस, सानेपाको आठौँ एकाइ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आकाश खड्कालाई सर्वसम्मत रूपमा एकाइ सभापतिमा चयन गरेको छ।

​ललितपुर, सानेपा ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) सगरमाथा इन्जिनियरिङ क्याम्पस, सानेपाको आठौँ एकाइ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आकाश खड्कालाई सर्वसम्मत रूपमा एकाइ सभापतिमा चयन गरेको छ।

​कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य विजय फुलाराको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिका रूपमा नेविसंघ एफ.ओ.टी.एस. (FOTS) का सभापति इन्जिनियर पुष्कर विक्रम शाही उपस्थित हुनुहुन्थ्यो। नवनिर्वाचित सभापति खड्कालाई बधाई दिँदै अतिथिहरूले क्याम्पसको शैक्षिक वातावरण सुधार र विद्यार्थी हकहितका लागि दृढ भएर लाग्न आग्रह गर्नुभयो।

​नवनियुक्त सभापति खड्काले आफ्नो कार्यकालमा विद्यार्थीका समस्या समाधान गर्न र संगठनलाई थप चलायमान बनाउन सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको चयनसँगै क्याम्पसमा विद्यार्थी राजनीतिले नयाँ उचाइ लिने विश्वास गरिएको छ। खड्कालाई विभिन्न विद्यार्थी नेता तथा शुभचिन्तकहरूले सफल कार्यकालको शुभकामना दिइरहेका छन्।

SN
Author:self

shine news

Published on January 6, 2026

More from

Related Posts