Updates

सीटीइभिटी र नेविसंघबीच वार्ता सुरु: १८ बुँदे मागमा ठोस सहमति हुन बाँकी

Shine news
879 views
सीटीइभिटी र नेविसंघबीच वार्ता सुरु: १८ बुँदे मागमा ठोस सहमति हुन बाँकी
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) र नेपाल विद्यार्थी संघ (नेविसंघ) सीटीइभिटी समन्वय समितिबीच औपचारिक वार्ता सुरु भएको छ।

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) र नेपाल विद्यार्थी संघ (नेविसंघ) सीटीइभिटी समन्वय समितिबीच औपचारिक वार्ता सुरु भएको छ। परिषद्ले विद्यार्थीहरूका मागबारे छलफल गर्न नेविसंघलाई वार्तामा बोलाएपछि दुवै पक्ष टेबलमा बसेका हुन्।

​नेविसंघले प्राविधिक शिक्षाको सुधार र विद्यार्थी हितका लागि १८ बुँदे माग अघि सारेको छ। समन्वय समितिका सचिव अक्कल ओखेडाका अनुसार वार्ता सकारात्मक दिशामा अघि बढेको भए पनि हालसम्म कुनै पनि बुँदामा ठोस सहमति जुटिसकेको छैन।

​यद्यपि, संघका प्रतिनिधिहरूले समस्याको दिगो र प्याकेजमै समाधान नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने अडान दोहोर्‍याएका छन्। वार्ताको निष्कर्ष नआएसम्म शैक्षिक गतिविधि र आन्दोलनको भविष्य अन्योलमा देखिन्छ। दुवै पक्षबीच छलफल जारी रहेकाले निष्कर्षमा पुग्न अझै केही समय लाग्ने अनुमान गरिएको छ।

SN
Author:self

Shine news

Published on December 31, 2025

More from

Related Posts