सिन्डीकेटको पर्खाल लगाएर परिवर्तनको हावालाई रोक्ने दुष्प्रयास अब बन्द गरियोस्

..सिन्डीकेटको पर्खाल लगाएर परिवर्तनको हावालाई रोक्ने दुष्प्रयास अब बन्द गरियोस्। सतीले सरापेको देश भन्दै पन्छिने होइन, युवाले सजाएको देश बनाउने बेला हो यो। अबको प्रतिस्पर्धा 'कोटा' मा होइन, 'क्षमता' मा हुनुपर्छ; 'टीका' लगाएर होइन, 'टिक्ने' आधार बनाएर आउनुपर्छ। अब पालो तिनको, जसको आँखामा सपना छ र पाखुरामा देश बनाउने जोस छ।
त्यसैले, थोत्रा मन्त्र जपेर अब आधुनिक युगका जटिल ताल्चा खुल्नेवाला छैनन्। हजुरबुबाको वा आफ्नै असफल विरासत भजाएर नाति-पनातिले राज गर्ने 'नयाँ जमिन्दारी' प्रथालाई अब ब्यालेट बक्सको मौन क्रान्तिले जवाफ दिनेछ। अब पनि विधि र विधानलाई लत्याउँदै, 'आफ्ना' लाई काखमा र 'राम्रा' लाई पाखामा लगाउने हो भने, त्यो असन्तुष्टिको ज्वारभाटालाई कुनै पनि राजनीतिक बाँधले थुन्न सक्नेछैन। इतिहास साक्षी छ हजुर जसले समयको पदचाप सुन्दैन, समयले उसैलाई निर्दयतापूर्वक इतिहासको किनारा लगाइदिनेछ।
Shine news
Published on January 8, 2026