Updates

समानुपातिक सुची देखे पछि तोसिमा फाएर

नोभेम्बर शेरा
272 views
समानुपातिक सुची देखे पछि तोसिमा फाएर
रास्वपा पनी नेपो बेबी तर्फ अग्रसर पिछडिएकाले अवसर पाएनन, आफन्ताहरु नै हाबी भए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डाक्टर तोसिमा कार्कीले समानुपातिकको सुचिमा आफन्तवाद र नातावाद हावी भएको बताएमी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेकी छिन् पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा त्यो पनि अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन। उनी अगाडी भन्छिन्


राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डाक्टर तोसिमा कार्कीले समानुपातिकको सुचिमा आफन्तवाद र नातावाद हावी भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेकी छिन् पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा त्यो पनि अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन। उनी अगाडी भन्छिन् समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ। सुचिले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाईटल पोष्टमा हुनेहरु नै समानुपातिक सुचिको लागी आकाङ्क्षि हुनु र त्यहिँ आफ्नो स्पेस बनाउनु/बनाईनुले समानुपातिक प्रविधिको औचित्यमाथी नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होईन !

फेरी विरोधि भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरु भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा। पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचन बाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा त्यो पनि अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन।

नश
Author:self

नोभेम्बर शेरा

Published on December 31, 2025

More from

Related Posts