
विपद्का क्रममा भेटिएका पहिचान नखुलेका शव व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका कोशी प्रदेशका आर्थिक मामिला सचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवा क्षेत्रमा काजमा खटाइएको छ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको निर्णयअनुसार निरौलालाई भोटेकोशी बाढीपछि बेपत्ताको खोजी, उद्धार र शव व्यवस्थापनको नेतृत्व गर्न टिमुरे क्षेत्र खटाइएको हो।
शनिबार सामाजिक सञ्जालमा निरौलाले हतारमा सामूहिक रूपमा शव गाड्दा आफन्तले पहिचान गर्ने अवसर गुमाउने भन्दै ठूला फ्रिज प्रयोग गर्न र धर्म-संस्कार अनुसार अन्तिम संस्कारको व्यवस्था मिलाउन आग्रह गरेका थिए। पोस्ट लगत्तै हटाइए पनि भोलिपल्टै उनलाई सोही जिम्मेवारी दिएर खटाइनुलाई प्रशासनिक क्षेत्रमा चासोका साथ हेरिएको छ।
@shinenews