Updates

सुलोचन ढुंगेल बने अनेरास्ववियु नेशनल कलेज अफ इन्जिनियरिङको संयोजक

Shine news
152 views
सुलोचन ढुंगेल बने अनेरास्ववियु नेशनल कलेज अफ इन्जिनियरिङको संयोजक
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेशनल कलेज अफ इन्जिनियरिङ (NCE) को संगठन विस्तार र सुदृढीकरणका लागि कमरेड सुलोचन ढुंगेललाई संयोजकको जिम्मेवारी सुम्पेको छ। विद्यार्थी आन्दोलनमा सक्रिय र जुझारु छवि बनाएका ढुंगेललाई कलेजस्तरको नेतृत्व

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेशनल कलेज अफ इन्जिनियरिङ (NCE) को संगठन विस्तार र सुदृढीकरणका लागि कमरेड सुलोचन ढुंगेललाई संयोजकको जिम्मेवारी सुम्पेको छ। विद्यार्थी आन्दोलनमा सक्रिय र जुझारु छवि बनाएका ढुंगेललाई कलेजस्तरको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो।

​जिम्मेवारी प्राप्त गरेपछि ढुंगेलले कलेजका विद्यार्थीहरूको हकहित, शैक्षिक गुणस्तर र संगठनात्मक अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्व क्षमता र संघर्षशीलताले कलेजमा अनेरास्ववियुलाई अझ सशक्त, अनुशासित र परिणाममुखी बनाउने विश्वास संगठनले लिएको छ।

​नवमनोनीत संयोजक ढुंगेललाई कलेजका विद्यार्थी र संगठनका नेता-कार्यकर्ताहरूले सफल कार्यकालको शुभकामना दिँदै उहाँको कार्यकालमा संगठनले नयाँ उचाइ प्राप्त गर्ने आशा व्यक्त गरेका छन्। विद्यार्थीहरूका समस्या समाधान गर्न र इन्जिनियरिङ शिक्षालाई अझ व्यावहारिक बनाउन उहाँको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

SN
Author:self

Shine news

Published on January 4, 2026

More from

Related Posts