थिङ वंशको ऐतिहासिक गीत सार्वजनिक हुँदै।

ललितपुर थिङ थेमे (थिङ्बंश) को इतिहास, पहिचान र थिङ थेमेको वंश को चेतनालाई समेटेर तयार पारिएको ऐतिहासिक गीतको निर्माण कार्य सम्पन्न भएको छ। थिङ थेमेको प्रस्तुतीमा तयार गरिएको गीतमा सब्द संङ्गीत सोयल थिङ ले गरिएको छ भने सङ्गीत संयोजन कर्साङ लामा ले गर्नु भएको छ ।उक्त गीत आउँदो २५ गते शुक्रवार दिउँसो १ बजे Soyāl Theeng Official YouTube च्यानलमार्फत सार्वजनिक हुने भएको छ।
“थिङ बंशको थिङ ग्यालराब” शीर्षकको यस ऐतिहासिक गीतमा थिङ थेमे अर्थात् थिङ्बंशको डाटाबेस, वंशीय इतिहास, मानव चोलाको सृष्टि उत्पत्तिसँग सम्बन्धित ह्रुईसाङ्चोप्गे चेङ्रेसि बोहीग्याल्बोको ठिम, थिङ ङेसुर, सिंगार थेमे हृई ङारु लगायतका मौलिक विषयवस्तु समेटिएका छन्। यसैगरी, थिङ थेमेभित्रका सम्पूर्ण पैतृक थातथलो—दोङराप, साङराप, फारप ग्यालराब—सहित परम्परागत रूपमा चल्दै आएको कुलेनी र रिमठिमलाई ऐतिहासिक र प्रामाणिक ढङ्गले प्रस्तुत गरिएको छ।
गीतमा कलाकारका रूपमा मिलन थिङ, शसिकला मोक्त्तान, विशाल थिङ, सोयल थिङ, रिजन थिङ, अर्पण थिङ, तेज थिङ, बिमला थिङ, रामसली थिङ, असली थिङ, संजय थिङ र झलक थिङको सशक्त सहभागिता रहेको छ। कलाकारहरूको संयुक्त प्रस्तुतीले गीतलाई अझ जीवन्त, भावनात्मक र ऐतिहासिक बनाएको छ।
गीतले थिङ थेमे एकता पुनर्जागरणको सन्देश प्रवाह गर्दै “हामी सबै एउटै बाउका सन्तान हौं” भन्ने स्पष्ट निष्कर्ष प्रस्तुत गरेको छ । यस सन्देशमार्फत समय र परिस्थितिले चाहे अनुकूल होस् वा प्रतिकूल, विश्वभर छरिएका सम्पूर्ण थिङ दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध भई आफ्नो वंश, समाज र पहिचानको संरक्षण तथा प्रगतिका लागि अग्रसर हुन आह्वान गरिएको छ।
गीतमा भनिएको छ। देश–विदेशमा रहेका सम्पूर्ण थिङ समुदायलाई एउटै साझा मञ्चमा गोलबन्द गर्नु, फोला–डाला, कुल–परम्परा र पूर्खौली थातथलोको खोज तथा अनुसन्धान गर्नु, हराउँदै गएका मौलिक संस्कार, प्रथा र परम्पराको अभिलेखिकरण तथा संरक्षण गर्नु र आगामी पुस्तालाई आफ्नो इतिहास, संस्कृति र गौरवबारे सचेत तथा उत्प्रेरित बनाउनु रहेको छ।थिङ थेमेको यो ऐतिहासिक गीतमार्फत विश्वभर छरिएका सम्पूर्ण थिङ समुदायलाई एकतामा आबद्ध भई यस महान उद्देश्यमा सहकार्य गर्न हार्दिक अपील गरेको छ। थिङ थेमेको कलाकार टिमले यो गीत सार्वजनिक भएपछि दर्शक, श्रोता तथा समुदायबाट प्राप्त हुने प्रतिक्रिया, सुझाव र मायाको अपेक्षा गरिएको छ।