​त्रि-चन्द्रमा नव-आगन्तुक विद्यार्थी स्वागत तथा पाठ्यक्रम वितरण कार्यक्रम सम्पन्न

367 views
​त्रि-चन्द्रमा नव-आगन्तुक विद्यार्थी स्वागत तथा पाठ्यक्रम वितरण कार्यक्रम सम्पन्न
त्रि-चन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित स्नातक प्रथम वर्षका विद्यार्थीहरूका लागि 'स्वागत तथा पाठ्यक्रम वितरण' कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

काठमाडौं: त्रि-चन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित स्नातक प्रथम वर्षका विद्यार्थीहरूका लागि 'स्वागत तथा पाठ्यक्रम वितरण' कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। स्ववियु अध्यक्ष गोविन्द कोइरालाको सभापतित्वमा क्याम्पसको बास्केटबल कोर्टमा यो कार्यक्रम सञ्चालन भएको थियो।

​स्ववियु सदस्य राम लामाका अनुसार, बिहान ८:०० बजेदेखि सुरु भएको उक्त कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै पाठ्यक्रम (Syllabus) वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

​औपचारिक कार्यक्रमसँगै विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्न सांगीतिक प्रस्तुतिहरू पनि राखिएको थियो। चर्चित सांगीतिक समूह 'अचल एण्ड द एमिकस' को विशेष प्रस्तुतिसँगै विद्यार्थीहरूले गायन, नृत्य र विभिन्न रोचक गतिविधिहरूमा भाग लिएका थिए। नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीहरूलाई क्याम्पसको वातावरणसँग घुलमिल गराउने उद्देश्यले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

10 Followers
2 Following
162 Posts
73,548 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from this author

Related Posts