Updates

त्रिवि तालाबन्दी प्रकरण: समस्या समाधानका लागि त्रिवि स्ववियुको तीन बुँदे माग

Shine news
255 views
त्रिवि तालाबन्दी प्रकरण: समस्या समाधानका लागि त्रिवि स्ववियुको तीन बुँदे माग
​त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा शैक्षिक शुल्क पुनर्मूल्याङ्कनको विषयलाई लिएर उत्पन्न विवादमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

​काठमाडौँ, २६ पुस २०८२

​त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा शैक्षिक शुल्क पुनर्मूल्याङ्कनको विषयलाई लिएर उत्पन्न विवादमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अखिल (क्रान्तिकारी) ले विगतका सहमति कार्यान्वयन नभएको भन्दै उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दीप्रति स्ववियुले पदाधिकारीहरूको ध्यानाकर्षण गराएको हो।

​स्ववियुले जारी गरेको विज्ञप्तिमा शुल्क पुनर्मूल्याङ्कन जस्तो जायज मागप्रति प्रशासनले गम्भीरता नदेखाउनु दुखद भएको उल्लेख छ। समस्याको समाधान मनगढन्ते तर्क वा ढिलासुस्तीबाट नभई औपचारिक संवाद र पारदर्शिताबाट मात्र सम्भव हुने स्ववियुको ठहर छ।

​स्ववियु त्रिवि केन्द्रीय क्याम्पसका अध्यक्ष दीपक राज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रशासन समक्ष तीन बुँदे माग राखिएको छ:

​शुल्क पुनर्मूल्याङ्कन समितिको गठन गरिनुपर्ने।

​विद्यार्थी प्रतिनिधिसहित औपचारिक संवाद तुरुन्त सुरु गर्नुपर्ने।

​शुल्क सम्बन्धी निर्णयको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने।

​स्ववियुले आफूहरू तालाबन्दी रहित शैक्षिक संस्थाको पक्षमा रहेको स्पष्ट पार्दै प्रशासनले शीघ्र संवादमार्फत निकास ननिकालेमा विद्यार्थीको हकहितका लागि शान्तिपूर्ण धर्ना र अन्य दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ।

SN
Author:self

Shine news

Published on January 10, 2026

More from

Related Posts