ठूलीभेरीमा एमाले र कांग्रेस परित्याग गरी ५० भन्दा बढी नेता-कार्यकर्ता नेकपा प्रवेश

डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। आइतबार नगरपालिकाको जुफालमा आयोजित एक भव्य 'पार्टी एकता सभा' का बीच नेकपा एमाले र नेपाली कांग्रेसका ५० भन्दा बढी प्रभावशाली नेता तथा कार्यकर्ताहरूले आफ्नो पुरानो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन्।
नेकपा निर्वाचन परिचालन कमिटीका संयोजक हरिप्रसाद डाँगीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा बोल्दै युवा नेता प्रेम बहादुर बोहोराले क्षेत्रमा नेकपाप्रतिको आकर्षण बढ्दै गएको र यसले आगामी निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
विभिन्न दल त्याग गरी नेकपामा समाहित हुनेहरूको यो लहरले ठूलीभेरीमा स्थानीय राजनीतिक समीकरणमा ठूलो फेरबदल ल्याउने आकलन गरिएको छ। नेकपाले आगामी दिनमा जिल्लाका अन्य क्षेत्रमा पनि संगठन सुदृढीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।