Updates

उद्योग व्यापार महासंघ ललितपुरको नयाँ कार्यसमितिद्वारा शपथ ग्रहण

Shine news
339 views
उद्योग व्यापार महासंघ ललितपुरको नयाँ कार्यसमितिद्वारा शपथ ग्रहण
नेपाल उद्योग व्यापार महासंघ ललितपुर जिल्ला कार्यसमितिको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले आज पौष १८ गते एक विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष सानुराजा घिमिरेको अध्यक्षतामा कार्यसमितिको प्रथम बैठक समेत सम्पन्न भएको छ।

ललितपुर, १८ पौष ।

​यसपटकको कार्यसमितिमा युवा नेतृत्वको उत्साहजनक उपस्थिति देखिएको छ। विशेषगरी विद्यार्थी राजनीतिबाट आफ्नो छवि बनाएका जुझारु युवा टिकाराम खत्री जिल्ला कार्यसमितिको उपमहासचिव पदमा निर्वाचित हुनुभएको छ। विद्यार्थी जीवनदेखि नै सामाजिक र राजनीतिक मुद्दामा सक्रिय खत्री पछिल्लो समय सफल व्यवसायीका रूपमा समेत स्थापित छन्। विद्यार्थी राजनीतिबाट व्यावसायिक क्षेत्रमा प्रवेश गरी महासंघको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नुलाई जिल्लाका उद्योगी व्यवसायीहरूले सकारात्मक र आशालाग्दो कदमका रूपमा लिएका छन्। खत्रीको आगमनले युवा व्यवसायीका समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।

​३ वर्षे कार्यकालका लागि चयन भएको यस समितिमा वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद नेपाल, उपाध्यक्षहरूमा तिर्थ लामा, उषा काफ्ले, नवीन महर्जन र महेस लाम रहनुभएको छ। त्यसैगरी महासचिवमा अन्जान गौतम र उपमहासचिवमा खत्रीसँगै राज कार्की निर्वाचित हुनुभएको छ। सचिवहरूमा उपेन्द्र कलवार, सन्जय लामा, सन्त बहादुर तामाङ, कोषाध्यक्षमा बेलायती रोकाय र सहकोषाध्यक्षमा दिपक बुडाथोकी चयन हुनुभएको छ।

SN
Author:self

Shine news

Published on January 2, 2026

More from

Related Posts