
ललितपुर – नेपाल उसुको प्रमुख प्रशिक्षकमा नव–नियुक्त गणेश अर्यालको सम्मानमा नेपाल उसु महासंघले एक भव्य सम्मान कार्यक्रम गरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले केही दिन अघि मात्रै अर्याललाई नेपाल उसुको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नेपालमा उसु खेलका संस्थापक प्रनिलध्वज कार्कीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त प्रमुख प्रशिक्षक अर्याललाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममाः अन्तर्राष्ट्रिय प्रशिक्षकहरू सुमन भट्ट, राष्ट्रिय टिमका प्रशिक्षक तुलसीनन्द बज्रचार्य, अन्तर्राष्ट्रिय प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री चोक बहादुर थापा, पुर्व प्रमुख प्रशिक्षक अमर थिङ , पूर्व राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खलाडी भूषण बज्राचार्य , अन्र्तराष्ट्रिय रेफ्रि एव्वं नेपाल प्रहरीका उसु प्रशिक्षक ,महासंघका वरिष्ठ उपाध्यक्ष दधिराम सिटौला, महासचिव लाक्पा छिरिङ लामा, उपाध्यक्षहरू नारायण गिरी र राजकपुर थपलिया, सचिवहरू निकेश श्रेष्ठ र गोविन्द्र बहादुर साही, कोषाध्यक्ष लानम लामा, केन्द्रीय सदस्यहरू दीपक लामा र युगेन घिमिरे, साथै एशियन गेम्सका लागि छनोट भएका खेलाडीहरू, अन्तर्राष्ट्रिय रेफ्री तथा निर्णायकहरू र महासंघका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले अर्यालको नेतृत्वमा नेपाली उसुले नयाँ उचाइ हासिल गर्ने र अन्तर्राष्ट्रिय स्तरमा थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। प्रमुख अतिथि कार्कीले उसु खेलको दिगो विकासका लागि एकता, अनुशासन र सहकार्य आवश्यक रहेको धारणा राखे ।संघका सचिब निकेस श्रेष्ठले राखेपले ढिला नियुक्त गरे पनी सहि ब्यक्तिलाई नियुक्त गरेको छ र अर्याल उसु मात्र नभई नेपाली खेलकुद एक बिज्ञ प्रशिक्षक हुन भन्ने भनाई राखे त्यस्तै गणेश अर्यालले उसुमा धेरै काम गर्न बाँकि रहेको आफुले पाएको समय सम्म सहकार्य गर्दै उसुको बिकासमा हातेमालो गर्न सबैलाई अनुरोध गरे।
महासंघका महासचिब लामाले उसुको धेरै समस्या हल हुदै गहिरहेको छ र चाँडै बिबाद हरु समाधान गर्न राखेप सँग संबाद भईरहेको बाताए । अध्यक्ष बिरबहादुर तामाङले महासंघ सधैं खेलाडी, प्रशिक्षक तथा समग्र उसु खेलको विकास र विस्तारप्रति प्रतिबद्ध रहने वचन दिए ।