उसुमा माओबादि हाबी, सदस्य सचिबलाई सकस।

काठमाडौँ — विवादका कारण १६ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत उसुको प्रतिस्पर्धा बिहीबार अपरान्ह मात्र सुरु भएको थियो।
त्रिपुरेश्वरस्थित राखेप मिनी कभर्डहलमा हुने तय भएको उसुको प्रतिस्पर्धा निर्णायक मनोनयनसम्बन्धमा भएको विवादका कारण सञ्चालन सुरू भएको थिएन ।
राष्ट्रपति रनिङ सिल्ड औपचारिक रूपमा बुधबार सुरू भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । उसुको खेल बुधबार नै सुरू हुनुपर्ने थियो ।

तर २०२४ को रेगुलेसन (नियमावली)अनुसार आईडबलुयुएफ मान्यता प्राप्त निर्णायकहरुलाई नमान्ने भने पछि बिबाद चुलिएको हो। कारण केहि समय अघी चिफकोच आफैले आईडबलुएफ को नियम बिपरित २०२४को रेगुलेसन लाई लत्याएर २०१७को रेगुलेसन अनुसार रेफ्रीको लाईसेन्स दिएका थिए।तर फत्त लामाले जिवन मै अहिले सम्म कुनै प्रतियोगीता खेलेका छैनन् साथै अघिल्लो रेफ्री कोर्समा फत्त लामा आफै फेल पनी भएका थिए।उनी उसुका सर्बोच्व निकाए अईडब्लुएफलाई मान्दैनन् उनको आफ्नै नेपाली नियम छ। यसरी योग्यता बिहिन प्रशिक्षक लाई जिम्बेवारीमा राख्नु नै राखेपको गल्ति भएको उसु बिज्ञहरुको भनाई छ,पुर्व सदस्य सचिव टंकलालको कृपाबादले रोपेको बिउले अहिलेका सदस्य सचिब रामचरित्र महेता लाई काम गर्न निकै गार्हो भईरहेको छ। आफ्नो अग्रज गुरु अमर लामा लाई जागीर अवकास पाउन ३महिना अघी निकालेर चिफकोच भएका फत्तले राखेपको बढुवामा १ नम्बरका परेका सिनियर गुरु प्रकास लामा तथा सिनियर गुरु तथा उसु बिज्ञ गणेश अर्याललाई फालेर प्रचण्डको घरमा नै लगेर दर्जनौ आफन्तहरुलाई पार्टि प्रबेश गरे बापत टंकलाल घिसिङले आफ्ना पार्टिका कमरेडलाई चिफ कोच उपहरमा दिएका थिए।
त्यसैले उनी पनी आफ्नो पार्टिका साथीहरुलाई सहयोग गर्छन्, दुई सँगको लडाईमा उनी उनको अनन्य मित्र नवराज ढुङ्गानालाई सहयोग गर्छन्, अध्यक्ष बिहिन संघलाई चलाउन नवराजको लाठि भएकाछन् फत्त लामा उनलाई समस्या परे राजिनामा नै दिन पनी पछि पर्दैनन् फत्त लामा, १६औ राष्ट्रपति रडिङ् शिल्डमा पनी उनले यस्तै हर्कत देखाए, आफ्ना पार्टिका साथीहरुलाई समस्या हुने दखे पछि छाति थाप्दै उनले सदस्य सचिबलाई राजिनामा बुझाए र रङशाला भरी हल्ला गरेर दबाब सृजना गरे सदस्य सचिबले समस्याको समाधान गरे पछि तर तल्लो स्तरमा गिरेर फेरी सदस्य सचिब सँग माफी मागेर राजिनामा फिर्ता पनी लिए।

चिफ कोच बन्नका लागी फत्त लामा उसु महासंघको लोगो भएकै ट्रय्कसुट लगाएर प्रचण्डको आसिर्बाद लिन खुमलटार पुग्ने गर्थे।लामो समयदेखि उसु खेलमा विवाद कायम छ । दुई संघ अस्तित्वमा छ । एउटा राष्ट्रिय मान्यताप्राप्त (जनक बर्तौला नेतृत्व) र अर्को अन्तर्राष्ट्रिय मान्यताप्राप्त (वीरबहादुर तामाङ नेतृत्व) उसु महासंघ रहेको छ । तर जनक बर्तौलाले नेतृत्व गरेको महासंघमा जनक बर्तौला आफैले राजिनामा दिएर हिडको २बर्ष लामो समय भैसकेको छ, त्यसतै उपाध्यक्ष दिपक लामा पनी राजिनामा दिएर हिडि सके र हालै कार्य बाहाक अध्यक्ष शैलेस कर्मचार्य पनी राजिनामा दिएका छन्।

गणेश अर्याल र प्रकास लामालाई बाईपास गराएर नवराज ढुङ्गाना र टंकलाल घिसिङले फत्तलाई जबरजस्ति चिपकोच नियुक्ति गरेका थिए बिबाद आउँछ भनेर टंकलाल घिसिङ्ले राष्ट्रिय खेलकुद परिषदको सामाजिक सञ्जालमा फत्त लामाको नियक्ति बारे केहि पनी राखेन्न।यता १नम्बरमा बढुवा भएका प्रकास लामा राखेपले अपमान गरको भन्दै रङ्शाला आउनै बन्द गरेका छन्।सिनियर गुरुहरु पाखा लगाएर माओबादिको पुर्व लडाकु नवराज ढुङ्गाना र उनका प्रिय पात्र फत्त लामाले संघ लाई आफ्नो निजी सम्पति जसरी चलाउदै आएका छन्।त्यसै कारण उसुमा यस्ता बिबाद आउने गरिरहका छन्।
हरेक प्रतियोगीता संञ्चालन गर्दा सो खेलको अपडेट भएको नयाँ नियमावली बाट खेल संञ्चालन हुनु पर्छ। २०२४को नियमवाली बेवास्था गरी २०१७को नियमावली लाई जोड दिनु राष्ट्रिय खेलकुद परिषद तथा राष्ट्रपति रडिङ शिल्ड गरिमा बिपरित देखिन्छ। खेल निस्पक्ष हुन नियमको पालना हुनु पर्छ तब मात्र प्रतियोगीताले सार्थक्ता पाउँछ।
दुई संघको रेफ्री सेमिनार
अघिल्लो बर्ष नेपाल उसुका राष्ट्रिय संघ र सुदुरपश्चिम प्रदेश उसु संघ बाट काठमाण्डौ र धनगढिमा छुट्टाछुटै रेफ्री सेमिनार भएको थियो। राष्ट्रिय मान्यता प्राप्त संघले चिफ कोच जो सँग कुनै पनी रेफ्रीको लाईसेन्स नै छैन उनको हस्ताक्षरमा लाईसेन्स दिएका थिए।जसमा पुरानै २०१७को नियमावली बाट सेमिनार भएको थियो भने सुदुरपश्चिम प्रदेश उसु संघले आईडब्लुएफ साण्डा रेफ्री रतन खाति र गोबिन्द शाहि आईडब्लुएफ थाउलु रेफ्री मन्जुर महर्जन र राजेन्द्र बुढाथोकि द्धारा हस्ताक्षर र प्रशिक्षण गराएर लाईसेन्स दिईएको थियो।जस्मा २०२४को नयाँ रुल सहितको नियमावली बाट सेमिनार भएको थियो।सुदुर पश्चिम प्रदेशका कार्यबाहाक अध्यक्ष राजिब गुप्ता भन्छन् हामीलाई संघ बिबाद नभएको बेला मै नै अधिबेशन बाट सुदुरपश्चिम प्रदेशमा रेफ्री सेमिनार हुने भनेर निर्णय भएको थियो। प्रदेश खेलकुद परिषद बाट स्वकृति लिएर सामाजिक बिकास मन्त्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम कसरी अबैधानिक भयो ।हामीले अन्तराष्ट्रिय लाईसेन्स भएका निर्णायक बाट सेमिनार गराएका छौ हामी कसरी अबैधानिक हुन्छौ। केन्द्रको मात्र रेफ्री राखेर प्रदेशलाई पाखा लागाएर प्रतियोगीताले न्याय नपाउने गुप्ताले भने।

उसु महासंघको बिबाद के हो?
२०७९साल अघी नेपालमा एक मात्र उसु महासंघ थियो। राम्रो सँग संघको गतिबिधीहरु चलायमान भईरहेको थियो। तर उसुलाई गध्दे नजर लगाउदै जबरजस्ति तदरथ कमिटि गठन गरियो।तयो समयमा महेश्वर जंग गहतराज खेलकुद थिए भने राखेपका उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिबमा टंकलाल घिसिङ थिए। यी ३ नै जना माओबादिका कार्यक्रताहरु हुन। ३ जना कै मिलिभगतमा जबरजस्ति तत्काल माओबादि पार्टि कै कार्यक्रताहरु जनक बर्तौला अध्यक्ष र नबराज ढुङ्गाना लाई महासचिबमा राखेर २२ सदस्य तर्दथ कमिटि गठन भयो। साथै पाटि निकट ६ निर्णायक लाई पनी सो कमिटिमा राखे।
निर्णायकहरुपनी सामेल भए पछि संघले टेक्निकल पाटो पनी कब्जा गरे केहि समय नबितै आफ्नै पार्टिको कार्यक्रता फत्त लामालाई चिफ कोचमा नियुक्त गरे। फत्त लामा नियुक्त भए पछि उनले अन्तराष्ट्रिय मान्यतामा रहेको महासंघलाई सम्पर्क गर्न नै छोडिदिए।राष्ट्रिय मान्यता रहेको संघका महासचिब नवराज ढुङ्गानाले पालो नै मिचेर फत्तलाई चिफ कोच बनाएको रिण तिर्न फत्त लामा सधै उनलाई आफ्नो बफादारी देखाउने गर्छन्।

उसु माहासंघ मिलाउन पटक पटक बैटक र छलफल भए पनी राखेपले यो कुरालाई आज सम्म हल्कामा लिएको छ। अध्यक्ष, कार्यबाहक अध्यक्ष र उपाध्यक्ष सहित बाँकि ३जना ले राजिनामा दिदाँ पनी राखेप बेखबर छ।न त एक चोटि साधारण सभा नै भएको छ नत आफ्नो लगानीमा कुनै प्रतियोगीता नै, उसुमा अनुहार नै नदेखेको ब्यक्ति आएर कब्जा गरेका छन् र राजनिति थलो बनाएका छन्। रकम दिए काम गर्ने नभए केहि नगर्ने अबस्था हुदाँ पनी राखेपले यस्तो संघलाई खारेज गर्न तयारी गरको छैन।एन्फालाई कडाई गरे झै उसु संघलाई पनी २०७७को खेलकुद बिकास ऐनमा टेकेर कारबाहि गर्ने हो भने नेपाल उसु महासंघले चाँडै नयाँ नेतृत्व पाउने छ।