वाम एकता बलियो बनाउँदै ४९ नेता-कार्यकर्ता नेकपामा समाहित


नेपाली कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आज एक विशेष कार्यक्रमका बीच क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद ढुङ्गाना र शिखर गौतम सहित ४९ जना नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुनेहरूमा रामचन्द्र ढुङ्गाना, मन्दिरा ढुङ्गाना, महेन्द्र ढुङ्गाना, मिना ढुङ्गाना, अमृत लामा, रामप्रसाद चौलागाई, गोकुल चौलागाई, केशव चौलागाईं, सन्तोष चौलागाईं, आशिष चौलागाईं, बासुदेब गौतम, दिनेश गौतम, रमेश गौतम, उमेश गौतम, उर्मिला गौतम, वेद प्रसाद चौलागाईं, बुद्ध कुमारी गौतम, नारायण चौलागाईं, नमराज गौतम, दिनेश गौतम, हेम बहादुर पराजुली, सुनिल ढुंगाना, विष्णु प्रसाद ढुंगाना, लोकनाथ चौलागाईं, रमेश चौलागाईं, राजु बिक, वीर बहादूर वि.क., कुमार तामाङ, प्रज्वल थापा र सिजन तामाङ लगायत ४९ जना हुनुहुन्छ।
यो सामूहिक यात्राले कम्युनिष्ट आन्दोलनको एकता र भविष्यलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ। नवप्रवेशी सम्पूर्ण कमरेडहरूलाई पार्टीमा हार्दिक स्वागत तथा उच्च सम्मान व्यक्त गर्दै आगामी राजनीतिक यात्रामा सफलताको शुभकामना समेत दिइएको छ।
@News_Hub_Nepal