Updates

विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोधमा कोटेश्वरमा राँके जुलुस र पुत्ला दहन

Shine news
297 views
विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोधमा कोटेश्वरमा राँके जुलुस र पुत्ला दहन
नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको दुर्व्यवहारको विरोधमा आज साँझ काठमाडौँको कोटेश्वरमा विरोध प्रदर्शन गरिएको छ।

काठमाडौँ, २२ पुस २०८२ नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको दुर्व्यवहारको विरोधमा आज साँझ काठमाडौँको कोटेश्वरमा विरोध प्रदर्शन गरिएको छ।

​नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताहरूले नेता निधिमाथि भएको अपमानजनक व्यवहारको घोर भर्त्सना गर्दै महामन्त्री गगन थापाको पुत्ला दहन गरेका हुन्। प्रदर्शनकारीहरूले "नेतामाथि दुर्व्यवहार गर्न पाइँदैन", "नेपाली कांग्रेस जिन्दावाद" र "शेरबहादुर देउवा जिन्दावाद" जस्ता नाराबाजी गर्दै वृहत् राँके जुलुस निकालेका थिए।

​नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछाप–काठमाडौं सम्पर्क समितिका अध्यक्ष राजेश भण्डारी र नेपाल तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा उल्लेख्य संख्यामा विद्यार्थी र युवा नेताहरूको सहभागिता रहेको थियो। विरोध सभालाई सम्बोधन गर्दै नेतृत्वकर्ताहरूले पार्टीका वरिष्ठ नेताहरूमाथि हुने यस्ता उच्छृंखल गतिविधिले पार्टीको आन्तरिक एकतामा खलल पुर्‍याउने र यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिएका छन्

SN
Author:self

Shine news

Published on January 7, 2026

More from

Related Posts