
Share this profile

Share this profile
श्री पिङ्गलास्थान एकीकृत समाज काठमाडौँको गौशाला र पिङ्गलास्थान (पशुपतिनाथ क्षेत्र) मा सक्रिय एउटा स्थानीय सामाजिक संस्था हो। यस संस्थाको मुख्य उद्देश्य पिङ्गलास्थान क्षेत्रको सामाजिक, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण गर्नुका साथै स्थानीय समुदायको विकास र सेवामा योगदान पुर्याउनु हो।
यस समाजले मुख्य गरी महाशिवरात्रि, तीज जस्ता पर्वहरूमा भक्तजनलाई सहजीकरण, सरसफाइ, पिउने पानी व्यवस्थापन र स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। साथै, क्षेत्रको हरियाली, फोहरमैला व्यवस्थापन र स्थानीय बासिन्दाबीच एकता र सहयोग अभिवृद्धि गर्न यो संस्था निरन्तर क्रियाशील रहेको छ।
Shree Pingalasthan Ekikrit Samaj is a local social organization active in the Gaushala and Pingalasthan (Pashupatinath area) regions of Kathmandu. The main objective of this organization is to protect the social, religious, and cultural heritage of the Pingalasthan area, as well as to contribute to the development and service of the local community.
This society primarily facilitates devotees, manages sanitation and drinking water, and conducts health camps during major festivals like Maha Shivaratri and Teej. Additionally, the organization is continuously active in promoting greenery, managing waste, and enhancing unity and mutual cooperation among local residents.