
दिननाथ गौतम काभ्रेपलाञ्चोक जिल्ला, चौंरीदेउराली–५ मा जन्मिएका एक सक्रिय राजनीतिज्ञ तथा पूर्व शिक्षक हुनुहुन्छ। विद्यार्थी आन्दोलनदेखि जनयुद्धसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै उहाँले लामो राजनीतिक संघर्षको यात्रा तय गर्नुभएको छ। जनयुद्धका सुरुवाती पहलकदमीकर्ता मध्येका एक रहनु भएका गौतम १६ महिना राज्यद्वारा बेपत्ता बनाई यातना सहनु भएको थियो। पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात चौंरीदेउराली गाउँपालिकाका प्रथम निर्वाचित अध्यक्षको रूपमा अत्याधिक मतसहित विजयी भई सफल कार्यकाल सम्पन्न गर्नुभएको छ। हाल उहाँ प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी हुनुहुन्छ।
Share this profile