

म पदम कुमार लामा, दक्षिण ललितपुर को ग्रामीण भेग, ललितपुरको कर्णाली भनेर चिनिने महाङ्काल गाउँपालिका–६ ठुलादुर्लुङमा वि.सं. २०४१ सालमा जन्मिएको हुँ। मेरो प्रारम्भिक शिक्षा स्थानीय विद्यालयबाटै भएको हो। त्यसपछि मैले त्रिभुवन विश्वविद्यालय बाट ब्याचलर अफ कम्प्युटर एजुकेसन पूरा गरेँ।
पेशाले म एक कुशल व्यवसायी हुँ। व्यवसायिक अनुभवले मलाई व्यवस्थापन, पारदर्शिता र परिणाममुखी कार्यशैली सिकाएको छ। यही अनुभव र सीपलाई अब समाज र राष्ट्रको सेवामा समर्पित गर्न चाहन्छु।
Share this profile