
नेपालभरि तथा विदेशमा रहेका थिङ तामाङ समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा गत २०८२ पौष २६ र २७ गते काठमाडौंमा सम्पन्न थिङ थेमे (वंश) को प्रथम राष्ट्रिय भेलाले थिङ समुदायलाई साझा पहिचान, इतिहास, संस्कृति, संस्कार र वंशीय एकताको सूत्रमा बाँध्दै संस्थागत यात्राको ऐतिहासिक सुरुवात गरेको छ।
भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न उक्त भेलाले थिङ तामाङ समुदायको इतिहास, वंशावली, भाषा, संस्कृति, कुलपरम्परा, पुर्ख्यौली थलो तथा मौलिक पहिचानको खोज, संरक्षण, अनुसन्धान र अभिलेखीकरणलाई प्राथमिकतामा राख्दै भावी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्ने अभियान अघि सारेको थियो।
यसै संस्थागत यात्रालाई थप कानुनी आधार प्रदान गर्दै ‘थिङ थेमे’ नामको संस्था २०८३ साल भाद्र २५ गते, दर्ता भएको छ। कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त कम्पनी दर्ता गरी प्रमाण–पत्र प्रदान गरिएको हो। यससँगै थिङ थेमेले सामाजिक तथा वंशीय अभियानलाई कानुनी र संस्थागत संरचनामार्फत अघि बढाउने नयाँ आधार प्राप्त गरेको छ।
थिङ समुदायको पहिचान, संस्कृति र एकताको सशक्त सन्देश प्रवाह गर्दै सम्पूर्ण सभालाई भावनात्मक बनाउदै थिङ थेमेको उत्पत्ति, बोल्काङ क्षेत्रमा प्रस्तावित थिङ ङार्दिम (पूर्वजको घर) तथा भावी थिङ केन्द्र निर्माणसम्बन्धी दीर्घकालीन योजनाबारे र थिङ तामाङको इतिहास र पहिचानलाई संस्थागत रूपमा जगेर्ना गर्न
थिङ समुदायको जनसंख्या र पहिचान तामाङ जातिभित्र हाल ११३ वटा थर (ह्रुई) रहेको तथ्य सार्वजनिक छ तीमध्ये थिङ समुदायको जनसंख्या उल्लेखनीय रहेको र कुल तामाङ जनसंख्याको ९.८९ प्रतिशत हिस्सा थिङ समुदायको रहेको अध्ययनमा देखाएको छ ।
उक्त तथ्यले थिङ समुदायको आफ्नै वंशावली, सामाजिक इतिहास, संस्कार, संस्कृति तथा पुर्ख्यौली सम्बन्धलाई व्यवस्थित रूपमा खोज, अनुसन्धान र अभिलेखीकरण गर्नुपर्ने आवश्यकतालाई थप उजागर गर्दै ।इतिहास, संस्कार र वंशावली खोजमा थेमेको इतिहास, संस्कार, परम्परा र वंशावलीसम्बन्धी हालसम्म भएका अनुसन्धान तथा आगामी अध्ययन योजनाबारे संस्थाको भावी दिशा स्पष्ट गरेको गर्दै संगठनात्मक संरचना र कार्यदिशा सार्वजनिक उक्त भेला मार्फत गर्नुभएको थियो। थिङ थेमेले अब थिङको वंशावली निर्माणका लागि खोज तथा अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउने, प्राप्त तथ्य, प्रमाण र मौखिक इतिहासलाई अभिलेखीकरण गर्ने तथा वार्षिक रूपमा थिङ वंशावली, कुलपूजा, स्वगोत्रीय सम्बन्धलगायतका विषयमा अनुसन्धानात्मक पुस्तक प्रकाशन गर्ने योजना अघि सारेको छ।
त्यसैगरी थिङका अग्रज स्रष्टा तथा योगदानकर्ताहरूको खोज–अनुसन्धान गरी उहाँहरूको योगदानलाई दस्तावेजीकरण गर्ने र आवश्यकताअनुसार स्मृतिग्रन्थ प्रकाशनको वातावरण निर्माण गर्ने लक्ष्य पनि राखिएको छ ।
58 जन लप्तबा बाट, अनुभव र जेष्ठ काे आधारमा, लाप्ताबा नारायण सिङ थिङ प्रमुख अतिथि बनाएर, कार्यक्रम संचालन गर्दै ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन
भेलाको महत्वपूर्ण उपलब्धिका रूपमा मिङमार थिङको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको थियो।समितिमा अध्यक्ष मिङमार थिङ, वरिष्ठ उपाध्यक्ष अमृत थिङ, उपाध्यक्षहरू काजीमान थिङ, डा. कमल बहादुर थिङ, शान्ति थिङ र सोम बहादुर थिङ, महासचिव राजकुमार थिङ, उपमहासचिव सफलता थिङ, सचिवहरू वीरबल थिङ, सृजना थिङ तथा कोषाध्यक्ष जगत बहादुर थिङलगायत रहेका छन्।उक्त दिन केन्द्रीय कार्यसमिति बैठकले अनुसन्धान, निर्माण तथा कानुनी दर्तासम्बन्धी उपसमितिहरू गठन गर्दै संस्थागत कार्यलाई व्यवहारिक चरणमा लैजाने निर्णय गरेको थियो।ङेसुर–सिङगार पनि थिङ वंशकै स्वगोत्रीय सम्बन्ध थिङ थेमेले आफ्नो वंशीय संरचनाभित्रका ङेसुर र सिङगारलाई स्वगोत्रीय सम्बन्धमा रहेका थिङ वंशकै परिवारका रूपमा स्पष्ट गर्दै यसको व्यवस्थित वंशावली निर्माण तथा अभिलेखीकरणमा जोड दिएको छ।
थिङ समुदायको बुझाइअनुसार ङेसुर र सिङगार एउटै गोत्र अर्थात् दाजुभाइसरहको वंशीय सम्बन्धमा रहेका परिवार हुन्। त्यसैले यो सम्बन्धलाई वंशावलीभित्र प्रमाण र इतिहासका आधारमा अभिलेखीकरण गर्दै भावी पुस्तालाई सही जानकारी हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।
स्वगोत्रीय सम्बन्धको परम्परागत मान्यता र वंशीय संरचनाबारे नेपाल तथा विदेशमा रहेका थिङ समुदायमा आवश्यक जानकारी तथा सचेतना फैलाउने अभियान सञ्चालन गर्ने योजना पनि संस्थाले अघि सारेको छ।
कुलपूजालाई संरक्षण र एकरूपता दिने अभियान
थिङ थेमेले परम्परादेखि मान्दै आएको कुलपूजा परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणलाई पनि महत्वपूर्ण कार्यका रूपमा अघि सारेको छ।
कुलपूजासम्बन्धी परम्परा, विधि र मौलिक ज्ञानको अध्ययन तथा अभिलेखीकरण गर्दै आवश्यक समन्वयमार्फत एकरूपता ल्याउने र सामूहिक रूपमा कुलपूजा गर्ने परम्पराको विकास गर्ने लक्ष्य राखिएको छ।
अग्रज स्रष्टा तथा योगदानकर्ताहरूको नाममा खोज–अनुसन्धान गरी उहाँहरूको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउन विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन गर्ने योजना समेत संस्थाले बनाएको छ।
पुर्ख्यौली थलो, किपट र डारिमको खोज
थिङ थेमेले थिङहरूको ऐतिहासिक थातथलो, किपट तथा उद्गमस्थलको खोजमूलक भ्रमण आयोजना गर्ने र ती स्थानसँग सम्बन्धित इतिहास तथा मौखिक परम्परालाई अभिलेखीकरण गर्ने लक्ष्य लिएको छ।
संस्थाले थिङहरूको डारिम अर्थात् आदिम पुर्ख्यौली घर/थलोको संरक्षणलाई विशेष महत्व दिएको छ। बोल्काङ क्षेत्रमा प्रस्तावित थिङ ङार्दिम (पूर्वजको घर) निर्माण तथा भविष्यमा थिङ समुदायको इतिहास, वंशावली, संस्कृति र ज्ञानको केन्द्रका रूपमा थिङ केन्द्र निर्माण गर्ने दीर्घकालीन परिकल्पना समेत अघि सारिएको छ।
भाषा, लिपि, कला र संस्कृतिको संरक्षण
थिङ थेमेले तामाङ भाषा, लिपि, कला, साहित्य, भेषभूषा, संस्कार–संस्कृति तथा ऐतिहासिक र पुरातात्त्विक सम्पदाको खोज, संरक्षण र संवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।